Latest News

“तमु धी” देहरादुनको १८ औ बार्षिक साधारण सभा सम्पन्न , सभाबाट नयाँ कार्यसमिति चयन

रिता गुरुङ, तमुमै ता डट्कम

“तमु धी” देहरादुनको १८ औ बार्षिक साधारण सभा तथा अधिबेशन गत मे २३ मा सरस्वती शिशु शिक्षा सदन एकेडेमी भारतीय वन्यजीव संस्थान मार्ग चोइला चंद्रवनी देहरादुनमा भएको थियो | उक्त सभाको स्वागत तथा संचालन महासचिब श्री रामसिंह गुरुङज्युले गर्नुभएको थियो | श्री नर बहादुर गुरुङज्युको अध्यक्षतामा बिशेष अथिति लेफ़्टिनेण्ट कर्णल जी. बि. गुरुङज्युले गर्नु भएको थियो । उक्त सभामा ब्रिगेडियड श्री पूर्ण सिंह गुरुङज्यु मुख्य अथिति रहनु भएको थियो । कार्यक्रममा संस्थाका दिवंगत भएका सदस्यहरु प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।
महासचिब क्याप्टेन रामसिंह गुरुङज्युको स्वागत मन्तब्य पश्च्यात औपचारिक रुपमा अगाडी बढेको कार्यक्रममा संस्थाको विभिन्न क्रियाकलाप सहितको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष क्याप्टेन श्री शंकर कुमार गुरुङले आर्थिक वर्ष २०१६/१७ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सभाका मुख्य अथिति ब्रिगेडियड पूर्णसिंह गुरुङज्युले आफ्नो भाषा , भेषभुषा , धर्म , संस्कार र संस्कृति जगेर्ना गर्दै देहरादुनका सम्पूर्ण गुरुङहरुका बीच एकता कायम गर्न ” तमु धी ” देहरादुनले अनुकरणिय योगदान गरेको कुरा ब्यक्त गर्नुभएको थियो ।
अध्यक्ष श्री नरहरि गुरुङज्युले आफ्नो कार्यकालको समिक्षा गर्दै कार्य समितिको सबै सदस्यहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो भने मौजुद वर्तमान संबिधानमा समयानुसार केहि शंसोधन गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो । सभाका मुख्य अतिथिबाट आफ्नो अध्यक्षतामा गरिएको ल्होसार कार्यक्रममा सहयोग गरेको सहयोगीहरुलाई धन्यबाद दिदै खादाले सम्मान गर्नुभएको थियो ।
तमु धी देहरादुनको स्थापना जनवरी २००० मा १३ जना गुरुङहरु मिली आफ्नो वरपर छरिएर रहेको गुरुङ हरु लाई एकआपसमा दुख सुखमा मद्दत गर्ने उद्देश्य लिएर संस्थापक अध्यक्ष स्वर्गीय श्री नरेन्द्र गुरुङज्युको अध्यक्षता मा गुरुङहरुको सानो समुह गठन गरि “गुरुङ समाज ” नाम राखिएको थियो । पहिला “गुरुङ समाज” नाम राखीएता पनि पछि “तमु धी “( गुरुङ समाज) देहरादुन भनेर राखिएको थियो । हालसम्म तमु धी समितीमा ५०० जनाले सदस्य ली सकेको छ । यसै गरी यो बर्ष पनि बर्तमान कार्यसमिति बिघटन गरि नयाँ कार्यसमिति चयन गरिएको थियो । जो यसप्रकार रहेको छ ;
१ – श्री बसन्त कुमार गुरुङ – अध्यक्ष
२ – श्री त्रिलोक गुरुङ – वरिष्ठ उपाध्यक्ष
३ – श्री धन बहादुर गुरुङ – सह उपाध्यक्ष
४ – श्री तिलकराज गुरुङ – महासचिब
५ – श्री ओम प्रकाश गुरुङ – सह-सचिब
६ – श्री शंकर कुमार गुरुङ – कोषाध्यक्ष
७ – श्री मन बहादुर गुरुङ – सह-कोषाध्यक्ष
८ – श्री गंगा बहादुर गुरुङ – मिडिया प्रभारी
शाखा अध्यक्षहरु
१ – श्री रमन गुरुङ – इन्द्रपुरी फार्म
२ – श्री बिर बहादुर गुरुङ – नईबस्ती तिब्बती कालोनि
३ – श्री नर बहादुर गुरुङ – मोहब्बेवाला
४ – श्री टिकाराम गुरुङ – चंद्रबनी
५ – श्री यमराम गुरुङ – गढी – डाकरा
६ – श्री खेम बहादुर गुरुङ – श्यामपुर ठाकुरपुर
७ – श्री प्रेमसिंह गुरुङ – सेलाकुई
८ – श्री सुरेश गुरुङ – नयाँ गांव अनारवाला जोहरीगांव
९ – श्री नन्दकाशी गुरुङ – गल्जुबाडी इन्द्रानगर
१० – श्री डम्बर बहादुर गुरुङ – रायपुर
११ – श्री राज बहादुर गुरुङ – जैतनवाला जामुनवाला