Latest News

तमु प्ये ल्हु संघको २६ औं साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न ।

  •  बुद्धि तमु ८ असोज, पोखरा

    तमु प्ये ल्हु संघ केन्द्रीय समितिको २६ औं साधारण सभा तथा चौथो महाधिवेशन पोखरामा सम्पन्न भएको छ । शुक्रबार उद्घाटन भएको सो कार्यक्रममा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २ की सांसद शारदा पौडेलले पानसमा दीप प्रज्वलित गरी बिधिबाट उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथिले तमु प्ये ल्हु संघ तमु संस्कार, संसकृति, भाषा, धर्म संरक्षण कार्यमा सम्पूर्ण तमुहरुलाई समेट्दै जानु उदाहरणीय कार्य गरेको बताउनुभयो । सेती नदीको कटानमा परेको यस संघको दक्षिणतर्फ बहने नदी छेउ निर्माण हुदै गरेको बाँधले यस क्षेत्रलाई संरक्षण गराउने भन्दै सहयोगको लागि आफू तयार रहेको बताउनु भयो ।

    केन्द्रीय महाधिवेशन सम्पन्न गराउन संघको जिल्ला शाखाहरु रोल्पा, गोरखा, लमजुङ, काठमाडौं, नवलपरासी, रुपन्देही, चितवनबाट प्रतिनिधि पर्यवेक्षकहरु विहिवार नै पोखरा आइपुगेको कास्की जिल्ला अध्यक्ष भिमबहादुर च्हम्रु तमुले तमुमै ताँलाई जानकारी दिनुभएको छ ।

    तमु प्ये ल्हु संघको केन्द्रिय अध्यक्षमा हितकाजी टु तमु निर्वाचित

    शुक्रबारदेखि सुरु भएको तमु समुदायको मौलिक संस्था तमु प्ये ल्हु संघ, नेपालको २६ औं साधारणसभा तथा चौथो महाधिवेशनबाट अध्यक्षमा हितकाजी टु तमु सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरा–११, शक्तिघाटस्थित संघको केन्द्रीय कार्यालय परिसरमा शनिबार अबेर राती सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा क्या. इन्द्रबहादुर च्हम्रु तमु, प्रथम उपाध्यक्षमा आईबहादुर ल्हेंगे तमु, द्वितीय उपाध्यक्षमा पोमबहादुर क्रोम्छे तमु, तृतीय उपाध्यक्षमा मोहनलाल क्रोम्छे तमु, महासचिवमा शान्ति पर्जु तमु, सचिवमा बुद्धि च्हम्रु तमु, सह–सचिवमा लोकेन प्हच्यु तमु सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, कोषाध्यक्षमा बलबहादुर टु तमु र सह–कोषाध्यक्षमा कञ्चन ल्हेंगे तमु निर्विरोध चयन हुनुभयो । त्यस्तै, केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यहरूमा चिनीमाया प्हच्यु तमु, बेनबहादुर च्हम्रु तमु, इन्दिरा क्रोम्छे तमु, मञ्जु घले तमु, तुलाराम तमु, धनबहादुर तमु, क्या. तिरबहादुर तमु, दुद्धबहादुर तमु, तिलबहादुर तमु, लोकबहादुर तमु, भीमबहादुर तमु, सीतादेवी तमु, देवमाया तमु, यमरबहादुर तमु, हर्कबहादुर तमु, देवीबहादुर तमु, नारायणकाजी तमु रहनुभएको छ । दल बहादुर त्होर्जे तमुको संयोजकत्वमा अधिवक्ता जुनाकुमारी पर्जु तमु र झमबहादुर क्रोम्छे तमु सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

    tpls-2 tpls-3

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*