Latest News

तमु प्ये ल्हु संघ कास्की जिल्ला खेगी, महिला, युबा समितिको अधिबेसन सम्पन्न ।

बुद्धि तमु, भदौ ५, पोखरा ।

तमु प्ये ल्हु संघ कास्की जिल्ला कार्यसमितिको आयोजनामा दोश्रो खेगी (पच्यु / क्ल्हेप्री) अधिबेसन कास्की एबम् प्रथम महिला तथा युबा अधिबेसन कास्कीको कार्यक्रम फ-लि-ना क्होईवों शक्तिघाट सभाहलमा पोखरामा शनिबार सम्पन्न भएको छ । साथै कास्की जिल्ला भरिका खेगीहरु भेलाबाट खेगी तथा कास्की जिल्ला भित्र रहेका संघमा आवद्ध तमु समाज अन्तरगतका महिला तथा युबाहरुको भेलाबाट प्रथम, महिला एबम् युबा कास्की जिल्ला समिति गठन भएको छ ।

कार्यक्रमको पहिलो सत्र उदघाटन समारोहमा बोल्दै तमु प्ये ल्हु संघ केन्द्रीय समिति सल्लाहकार संयोजक तथा तमु प्ये संकलन, लेखन तथा प्रकाशन समिति संयोजक ले. ईन्द्रबहादुर क्याप्छै तमुले तमु जातिको ईतिहास मात्रै नभै पृथ्वी सृस्‍टिको बारेमा तमु प्ये अर्थात शास्त्रमा उल्लेख गरिएको पाईन्छ भन्नु हुँदै यस्को प्रचार प्रसारको खाचो रहेको बताउनु भयो । प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रीय समिति अध्यक्ष क्याप्टेन रुपबहादुर गरब्ज तमुले संघलाई ससक्त र मर्यादित रुपमा बिकास गराउन संघमा आवद्ध सम्पूर्ण समाजहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रीय पच्यु तथा क्ल्हेप्री समितिका पदाधिकारीहरु लगायत समाजका अध्यक्षहरुले पनि मन्तब्य राख्नु भएको थियो । पहिलो सत्र कार्यक्रमको अध्यक्षता तमु प्ये ल्हु संघ कास्की जिल्ला कार्यसमिति अध्यक्ष डब्लु ओ टू भिमबहादुर च्हम्रु तमुले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष डिलबहादुर कुब्छै तमुले गर्नु भएको थियो साथै संचालन जिल्ला सचिब लोकेन प्हच्यु तमुले गर्नु भएको थियो ।pe-lhu-3

जिल्ला पच्यु खेगी समितिको गठन: यसैगरी अधिबेसनले कास्की जिल्ला पच्यु खेगी समितिमा भिमबहादुर क्रोम्छैं तमुको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन भएको छ । प्रथम उपाध्यक्ष कुलप्रसाद क्रोम्छैं तमु – मौजा, द्वितीय उपाध्यक्ष चाबिलाल ल्हेगे तमु, सचिब यमन ल्हो तमु, कोषाध्यक्ष शरण ल्हेगे तमु । सहकोषाध्यक्ष टिकबहादुर ङोप्छै तमु – भदौरे जमन सिंह क्रोम्छैं – याङ्जाकोट, अमरबहादुर क्रोम्छै तमु – सिक्लेस, तेजबहादुर ल्हेगे तमु – लामाचौर, जगन पाल्चै तमु – घान्द्रुक, बुद्धिबहादुर ल्हेगे तमु – धम्पुस, लालबहादुर थिम्छे तमु – रिभान, बिर्तराज गरब्ज तमु – घान्द्रुक हरिबहादु ल्हेगे तमु – घाचोक, किश्ना कुब्छै तमु – सिक्लेश, र प्रल्हाद प्हच्यु तमु – खादार्जुङ रहनु भएको छ ।

जिल्ला क्ल्हेप्री खेगी समितिको गठन: साथै क्ल्हेप्री खेगी समिति सुबेदार तेज बहादुर म्होब्जे तमुको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । चिज काजी टू क्ल्हेप्री तमु तालिबराङ, चन्द्रबहादुर टू क्ल्हेप्री तमु मार्गी, गोपाल टू क्ल्हेप्री तमु रिट्ठेपानी खुशीमान टू क्ल्हेप्री तमु धम्पुस, भिम बहादुर टू क्ल्हेप्री तमु अर्मला, सञ्जय तमु तालिबराङ, झलबहादुर टू क्ल्हेप्री तमु – बुद्धचोक, डमरबहादुर टू क्ल्हेप्री तमु सिक्लेश, अनुराम टू क्ल्हेप्री तमु डढुवा, मिन बहादुर प्ल्हे तमु स्याक्लुङ, आस बहादुर टू क्ल्हेप्री तमु घान्द्रुक, यमप्रसाद म्होब्जै तमु – थाम, यामबहादुर टू क्ल्हेप्री तमु ताङतिङ, दल बहादुर टू क्ल्हेप्री तमु – सिक्लेश, रहनु भएको छ ।

जिल्ला महिला समितिको गठन: अनु योज तमु क्होला ट्हो रामबजारको अध्यक्षतामा थापा २ जना सदस्य मनोनित गर्ने गरी १५ सदस्यीय जिल्ला महिला समिति गठन भएको छ । तिलमाया प्ल्हे तमु – पौरे शाखा, प्रभा तमु – क्होला दिप, उमा ङोप्छै तमु – पौरे तमु समाज, बिना ल्हेगे तमु – क्होला ट्हो धी राम बजार, खगीमाया क्रोम्छैं तमु – पैयु खोला, लक्ष्मी तमुस्यो – भुज्रुङ पोला म्होब्जे परिवार , कृष्णकुमारी तमु – बोन मार्गी तमु प्ये ल्हु संघ, चन्द्रकुमारी तमु – बोनमार्गी तमु प्ये ल्हु संघ, उमादेवी ल्हो तमु – तमु ह्ये तमु, रनमाया तमु – स्याङ्जाली तमु समाज – बुढीबजार रहनु भएको छ ।pe-lhu-3

जिल्ला युबा समितिको गठन: आशबहादुर क्रोम्छैं तमु डढुवा दुर्छा अध्यक्षतामा १५ सदस्यीय जिल्ला युबा कार्यसमिति सर्बसहमतिले निर्बाचित भएको छ । प्र. उपाध्यक्ष मनोज सर्बुज तमु – क्होला ट्हो धीं, द्वितीय उपाध्यक्ष जीबन ल्हेगे तमु – भदौरे, सचिब ओम प्ल्हे तमु – आधिखोला तमु समाज, सहसचिब सजना ङोप्छैं तमु – नयाँ गल्ली, कोषाध्यक्ष सृजना सर्बुज तमु नागढुङा, सहकोषाध्यक्ष ज्ञानेद्र प्हच्यु तमु – बाझापाटन, सदस्यहरुमा मिलन ङोप्छैं तमु – बोन मार्गी तमु प्ये ल्हु संघ, निलाम च्हम्रु तमु – तमु ह्ये तमु, भिम प्रसाद तमु – पैयु खोला तमु समाज, अमृत गरब्ज तमु – क्होला दिप, किसान त्होर्जे तमु – घान्द्रुक, राज कुमार ल्हेगे तमु – क्होला ट्हो धीं रामबजार, शक्ती ङोप्छैं तमु – भदौरे, सिश्मा त्होजे तमु – काजीपोखरी रहनु भएको छ । कर्णबहादुर क्रोम्छैं तमुको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समितिमा बुद्धि च्हम्रु तमु, बिष्णु भुज तमु, लोकबहादुर टू तमु र सुकराज सर्बुज तमु रहनु भएको थियो । भने सहजिकरण लोकेन प्हच्यु तमु, देब माया टू तमु, बल बहादुर टू क्ल्हेप्री तमु र जीबन प्हच्यु तमुले गर्नु भएको थियो । निर्बाचित कार्यसमितिलाई क्ल्हेप्री समितिको तर्फबाट तमु प्ये ल्हु संघ केन्द्रीय समिति सल्लाहाकार तथा खेगी समिति सल्लाहकार डब्लु ओ टू बलबहादुर टू क्ल्हेप्री तमु, समाज सेवी, शिक्षासेवी चित्र सरब्ज तमु, केन्द्रीय युबा समिति महासचिब, एबम् तमु प्ये ल्हु संघ कास्की जिल्ला कार्यसमिति अध्यक्ष डब्लु ओ टू भिमबहादुर च्हम्रु तमुले सफल कार्यकालको बधाई तथा शुभकामना मन्तब्य दिनु भएको थियो ।