Latest News

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको २५ औं बार्सिक साधारण सभा सम्पन्न

भाद्र २३ गते २०७५,

मणी सरब्ज तमु, तमु प्ये ल्हु संघ,

पोखरा तमुको मौलिक भाषा,भेषभुषा,धर्म,संस्कार संस्कृतिको पहिचान, प्रचारप्रसार,संरक्षण र सम्बर्द्धनको लागि स्थापित तमु प्ये ल्हु संघको भातृ संगठन केन्द्रिय युवा समितिको २५ औं बार्सिक साधारण सभा आज समितिको अध्यक्ष श्री सुकबहादुर सरब्ज( शुक्रराज) तमुको अध्यक्षतामा सफलताका साथ सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रिय समितिका प्रथम उपाध्यक्ष श्री आइबहादुर ल्हेगे तमु रहनुभएको थियो भने केन्द्रिय समितिका संस्थापक श्री भवर पाल्चे तमु , प्ये छ्या लेखन तथा संकलन समितिका संयोजक एबं संस्कृतिबिद ले.इन्द्रबहादुर केप्छै तमु, केन्द्रिय समितिका सल्लाहकार संयोजक क्या.श्री रुपबहादुर गरब्ज तमु, केन्द्रिय संगठन बिभाग प्रमुख श्री हर्क योजा तमु, केन्द्रीय क्ल्हेप्री चिबा गुरु लोक बहादुर टु क्ल्हेप्री तमु, केन्द्रिय महिला समितिका अध्यक्ष श्री पुषपा तेल्मै तमु, युवा समितिका सल्लाहकार संयोजक श्री थमनजंग पहच्यु तमु, भुपु अध्यक्ष तथा केन्द्रिय सहसचिव श्री लोकेन पहच्यु तमु, युके शाखाका संस्थापक सदस्य श्री रामकाजी तोर्जे तमु, कास्की शाखाका अध्यक्ष श्री उमबहादुर पहच्यु तमु, केन्द्रिय समितिका युवा संगठन बिभाग प्रमुख श्री चिनिमाया पहच्यु तमु, तनहुँ शाखाका अध्यक्ष र सचिब, कास्की जिल्ला शाखा महिला समितीका उपाध्यक्ष , कास्की शाखाका सदस्य, तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सदस्य एबं वेबसाइट प्रबन्धक/डिजाइनर श्री मणिलाल सरब्ज तमु, केन्द्रिय युवा समितिका संस्थापक अध्यक्ष श्री इन्द्रबहादुर तेल्मै तमुका साथै अन्य ब्यक्तिहरुको आतिथ्यता र युवाहरुको सहभागिता रहेको थियो ।

साथै उहाँहरुले कार्यक्रमका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बाली गरिएको र केन्द्रिय क्ल्हेप्री गुरुले मला वाचन भएको थियो । साथै युवा समितिका भुपु अध्यक्षहरु तथा प्ये ल्हु संघका अग्रजहरुलाई फेटाद्वारा स्वागत र सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका महासचिव पवित्र प्हच्यु तमुबाट सांगठनिक र कोषाध्यक्ष जीवन प्हच्यु तमुबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरि त्यसउपर छलफल गरि सम्पुर्ण अतिथि र सदस्यहरुले तालि बजाएर सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य समितिका द्वि. उपाध्यक्ष पुर्णकुमारी ल्हेगे (रुपा) तमुले गरेकी थिईन भने संचालन महासचिव पवित्रा पहच्यु तमुले गरेकी थिईन । अन्तमा सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिदै अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो ।