Latest News

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको २४ औ साधारणसभा तथा छैटौ महाधीवेशन सम्पन्न

तमुमै ता डटकम पुनम तमु पोखरा वैशाख,१०

         २४ औ साधारणसभा तथा छैटौ महाधीवेशन भब्यताका साथ तमु प्ये ल्हु संघ प्राङ्ग्राणमा सम्पन्न भएको छ । उदघाटन सत्रका प्रमुख अतीथी तमु प्ये ल्हु संघ केन्द्रिय समितिका प्रथम उपाध्यक्ष आई बहादुर ल्हेगे ज्युले पानसमा दीप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्नुभ्एको थियो । उक्त कार्यक्रममा तमु ह्यूला गीत र सक्रिय कलाकार स्व.बिमला सरब्जा तमुस्योको सम्झनामा मौनधारण गरीएको थियो । कार्यक्रममा ले.इन्द्र बहादुर तमु, तमु प्ये ल्हु संघ केन्द्रीय आमा अध्यक्ष  पुष्पा तेल्मे तमु,तमु प्ये ल्हु संघ केन्द्रीय निबर्तमान अध्यक्ष  रुप बहादुर गरब्जा तमु लगायतका ब्याक्तिहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा युवा टोलीलाई तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीबाट ५ हजार, तथा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितीका अध्यक्ष बाट पानी सौजन्य, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निबर्तमान अध्यक्ष  तथा सल्लाहकार समयोजक क्याप्टेन रुपबहादुर गरब्जाबाट ५ हजार १० र मेजर प्रेम बहादुर गरब्जाबाट ५ हजार १० रुपैया युवा टोलीलाई सहयोग प्रदान भएको छ । महाधीवेशन बन्द सत्रमा निर्वचन समितिको जिम्मेवेरी तमु प्ये ल्हु संघ केन्द्रिय कार्य समितिका महासचिब श्रीमती शान्ती पर्जु तमुस्योको संयोजकतामा सदस्य कर्ण बहादुर ङोब्छे तमु र सदस्य कन्चन ल्हेगे तमुस्योले लिनुभएको थियो । युवाहरुबाट सर्ब सम्मत साहमतिमा निर्बिरोध उमेद्वारी परेकोले  निर्वाचन समितिलाई आफ्नो जीम्मेवारि निभाउन ज्यादै सजिलो भएको थियो । एकदम सौहार्द पूर्ण बातवरणमा सर्व सम्मत रुपमा निर्वाचन पूर्ण गराउन पाएकोमा संयोजक शान्ती पर्जु तमुस्योले खुशी ब्यक्त गर्नु भयो र सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।

१.अध्यक्ष – सुकबहादुर सरब्ज तमु (शुक्रराज)

२. प्रथम उपाध्यक्ष – जोशन प्रु क्ल्हेप्री तमु

३ दृतीय उपाध्यक्ष – रुपा ल्हेगे तमु

४.महासचिव – पबित्रा पह्च्यु तमु

५.सचिब – सन्तोष ङोर तमु

६.सहसचिब – पुनम ल्हेगे तमु

७.कोषअध्यक्ष – जीवन पह्च्यु तमु

८.सहकोषाध्यक्ष – ममता सरब्ज तमु

९. प्रचारप्रसार बिभाग प्रमुख – सुरज ङोर तमु

१०.बिदेश बिभाग प्रमुख – नेत्र क्रोम्छे तमु

११. महिला बिभाग प्रमुख – पुर्णिामा ल्हेगे तमु

१२.सास्कृतिक बिभाग प्रमुख- बिस्वास कोन्मे तमु

१३.सदस्य – ज्ञानेन्द्र पहच्यु तमु

१४.सदस्य – कमलबहादुर चोर्मे तमु

१५.सदस्य- रोशन ल्हेगे तमु

१६.सदस्य – टीका ल्हेगे तमु

१७.सदस्य – अनिल ल्हेगे तमु

१८.सदस्य – कबिता कोन्मे तमु

१९.सदस्य – हर्क ल्हेगे तमु

२०.सदस्य – गोपाल केप्छे तमु

२१.सदस्य – रोशन ल्हेगे तमु

२२.सदस्य – साजन टु तमु

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*