Latest News

तमु प्ये ल्हु संघ यूकेद्वारा भब्य रुपमा ग्रीष्मकालीन भेटघाट कार्यक्रम २०१७ आयोजना

  लण्डन ।

तमु प्ये ल्हु संघ यूकेले बार्षिक भेटघाट तथा समर बीबीक्यू भब्य रुपमा मनाएको छ । गत २४ जून शनिबार संघका अध्यक्ष मेजर खुशिमान ल्हेगे तमु एमभिओको संयोजन तथा नेतृर्त्वमा सामुयल कोडी स्पोट्स स्पेसलिस्ट कलेज फानबोरोमा कार्यक्रम आयोजना गरिएको हो । प्राकृतिक प्रकोप रोकथाम तथा जीव र जगतको भलाइको लागी खेगी संयोजक डम्बर टू कल्हेप्री तमुको संयोजनामा पच्यु र कल्हेप्री खेगीहरुबाट पच्यु पैडी चिवा यारजंग क्रोम्छे तमुको नेतृर्त्वमा प्रवचनसहित सामूहिक रुपमा छ्योप,पार्क र थासो त्हे(पूजा) सम्पन्न गराएका थिए । पूजामा भक्तजन तथा उपस्थित जनमानसले धुप-धाँयर गरी अक्षता-भेटी चढाएका थिए । कार्यक्रमको सोभा बढाउन र थप आकर्षक बनाउँनको लागी युवा समितिको सक्रियतामा बिबिध रमाईला खेलहरु खेलाइएको थियो भने िद््््तीय उपाध्यक्ष बुद्धि क्रोम्छे तमुको संयोजकतामा राफल ड्र सम्पन्न गराइएको थियो । बिबिध आकर्षक पुरुस्कारहरु रहेको रमाईलो खेलहरु कार्यक्रमको मनोरंन्जनात्मक पक्ष थियो भने प्रथम पुरस्कार एक तोला सुन र ढुकढुकीको गती बढाउने अन्य नगद पुरुस्कार रहेको राफल ड्र कार्यक्रमको जनप्रतिक्षित पक्ष थियो । राफल ड्र का पुरुस्कारहरु संघप्रती आस्थावान विभिन्न ब्यक्तित्वो तथा ब्यबसायिहरुले प्रायोजन गरेका थिए । कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेले निर्माण गर्न लागेको सामुदायिक भवन तथा क्होइवो निर्माण योजनाको सहयोगार्थ आर्थिक च्यारिटी संकलन गर्ने गरी गत २९ में २०१७ मा सगरमाथा बेसक्याम्पदेखि नाम्चे बजारसम्मको उच्च हिमम्श्रृखलाको कष्टकर तेन्जिंङ्ग हिलारी एभरेस्ट म्यारार्थंन दौड़ पूरा गरी फर्किएका संघका पूर्वअध्यक्ष सोम त्होर्जे तमु,सूर्य थिम्चे तमु,अन्जू ल्हो तमु र वविता पहच्यु तमुलाई संघ तथा निर्माण समिति लगायत अन्य परिवार तथा सुभ चिन्तकहरुले भब्य रुपमा बिशेष सम्मान गरेका थिए । संघका पूर्वअध्यक्ष सोम त्होर्जे तमुको संयोजकत्वमा बिस्वकै उच्च हिमश्रीख्लामा हुने कठीन म्यारार्थंन दौड़ पूरा गरेर म्यारार्थंन धावक टोलीले २७,७४५०८(सताईस हजार सात सय पैचालिस पाउण्ड आठ पेन्स् ) आर्थिक संकलन गरी भवन निर्माण समितिका प्रमुख़ संयोजक क्या.डेमबहादुर योज तमु र संघका अध्यक्ष मे.खुशिमान ल्हेगे तमु एमभिओलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । कुल जम्मा रकम संकलन गर्नको लागी तमु प्ये ल्हु संघ केन्द्रीय समिति नेपाल र तमु प्ये ल्हु संघ हङकङले आ-आफनो पहलमा क्रमश :£१५,८२३.८७ र £१,७४८.६५ भवन निर्माण सहयोगार्थ जुटाई दिएर प्रशंसनिय सहयोग गरेको कुरा म्याराथन धावक संयोजक सोम त्होर्जेले जानकारी दिएका थिए ।यसैगरी सामुदायिक भवन तथा क्होइवो निर्माण सहयोगार्थ ग्रीनवीच पार्क १० के दौड दौडीएर च्यारिटी संकलन गरेर संघको सक्रिय सदस्य सुशीलकुमार पहच्यु तमुले £२,१०३.२४ (दुई हजार नौ सय तीन पाउण्ड चौबीस पेन्स्)को चेक संघका अध्यक्ष र निर्माण समितिका प्रमुख संयोजकलाई हस्तान्तरण गरेका थिए भने संघ र निर्माण समितिले २०१६ र २०१७ गरी दुईपटक दौड़िएर जम्मा £४,१९०.७३(चार हजार एक सय नब्बे पाउण्ड त्रिहतर पेन्स्)आर्थिक संकलन गरी सहयोग पुराएका सुशीलकुमार पहच्यु तमुलाई दिलदार सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा सामुदायिक भवन तथा क्होइवो निर्माण कार्यको लागि आफु सकदो आर्थिक अनुदान दिन तयार भएका दानबीरहरुलाई निर्धारित मापदण्डअनुसार क्रेग्री,क्रमु,भाङ्ग्रा र प्रो लगाईदिएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । संघको बिधानमा उल्लेखित परम-संरक्षक र संरक्षक सदस्यको लागि योग्यता प्राप्त दाताहरुलाई परम-संरक्षक तथा संरक्षक सदस्यता प्रदान गरी केग्री लगाई सम्मान समेत गरिएको थियो । धेरै बिधाका बििभन्न सम्मान कार्यक्रमहरु समाबेश गरिएको कार्यक्रम उत्सुकता र हौसला बढाउने खालका थिए ।ब्यबस्थापनमा निकै मेहनत गरेको स्पस्ट देखिने कार्यक्रममा खेगीहरुको सक्रियतामा तमु गुरु पुरोहितहरूको धार्मिक सामाग्री तथा प्येका ठेलीहरु प्रदशनीमा राखिएका थिए भने सामुदायिक भवन तथा क्होइवो निर्माण समितिले टेन्ट राखी योजनाको बारेमा जानकारी गराउने र चन्दा संकलन गरेका थिए र सो दिनमा करीब £१२,०००/-(ब्राह् हजार पाउण्ड) संकलन गरेको छ ।यसैगरी युवा समितिले युवा सञ्जाल बलियो र बृहत् बनाऊँनको लागि युवा सम्पर्क स्टल राखेका थिए भने आजीवन सदस्यता दर्तादेखि लिएर अन्य काम-कुराका लागी सोधपुछ डेस्क समेत राखिएको थियो ।भेटघाटको निक्कै मनमोहक र मनोरम बाताबरण रहेको कार्यक्रममा पिपल मोर्गेजका प्रोपाइटर सूर्य गुरुङको उपस्थितिमा मोर्गेजलगायत अन्य सम्बन्धी बिषयहरुमा जानकारी दिने ब्यबस्था समेत मिलाईएको थियो । साना साना बाल-बच्चाहरुको लागी निशुल्क बाउन्सी क्यासल र बििभन्न क्षेत्रबाट आंशिक छूटसहित सुबिधायुक्त यातयातको समेत ब्यबस्था मिलाइएको कार्यक्रममा खानापीना र पेय पदार्थको राम्रो तजुर्मा गरिएको थियो । एकदेखी अर्को कुनैपनी कमजोरी अनुभूत नहुने गरी ब्यबस्थापन मिलाईएको भेटघाट कार्यक्रमको खुला नाच म्यूजिक धमाका अर्को दिल ख़ुशी बनाउने पक्ष थियो।

साभार ; एभरेस्ट टाईम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*