Latest News

तमु प्ये ल्हु संघ हङकङको छैटौं अधिबेशन सम्पन्न

पुनम तमु , तमुमै ता डटकम

तमु प्ये ल्हु संघ हङकङको मिति १४ में २०१७ का दिन युनलोंगस्थित आफनै क्होइबो धींमा छैटौं अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । उद्घाटन सत्रमा अध्यक्ष,जितेन्द्र योज तमुको अध्यक्षतामा सुरु गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार क्या०जग बहादुर गरब्ज तमु रहनुभएको थियो । उपाध्यक्ष मन बहादुर क्रोम्छे तमुको स्वागत मन्तब्य पछि प्रमुख अथिती बाट पानसमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको बिशेष अतिथिको रुपमा घान्द्रुक समाज हङकङको अध्यक्ष राम तमु,मर्दिखोला सेवा समितीका अध्यक्ष रक्ष तमु,तमु राष्ट्रीय मुक्तिमोर्चा हङ्कङका अध्यक्ष दुर्गा घोताने तमु,अकलदेबी समाज सिर्सेकोट स्याङजा हङकङका अध्यक्ष भानबीर खक्यु तमु,प्हच्यु भाई खलाक हङकङका प्रतिनिधि गोपी प्हच्यु तमु,निजी भ्रमणमा रहनुभएका तमु प्ये ल्हु यु-के-का आजिबन सदस्य,धम्पुस समाज यु-के तथा क्रोम्छै,थिम्चे,त्होर्जे भाई खलक यु-के-का अध्यक्ष अमर बहादुर त्होर्जे तमु,जिफान हङ्कङका अध्यक्ष रोशन तमु,पैयुखोला समाज पर्बत हङ्कङका अध्यक्ष झम ल्हो तमु,तमु समाज हङकङ महिला बिभागका अध्यक्ष पुष्पा तमु तथा तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार तमु लगायतका व्यक्तिहरुले अधिवेशन सफलताको शुभ-कामना सहित मन्तब्य राख्नुभएको थियो । तमु प्ये ल्हु संघ हङकङका कार्यसमितिलाई युकेबाट पाल्नुभएका अमर बहादुर त्होर्जे तमु र वहाकै श्रीमती पदम ल्हेगे तमुबाट युके पाउन्ड ५ सय ५०,तमु प्ये ल्हु संघ हङकङका आजीवन सदस्य सिता ल्हो तमुबाट हङकङ डलर ५ हजार ५ सय १ र स्व० रबि ङोर तमुको श्रीमतीबाट हङकङ डलर ५ हजार सहयोग प्रदान गर्नुभएको थियो । अध्यक्ष जितेन्द्र योज तमुले आफनो पाँच वर्षसम्म गरेको कार्यकालमा तमुहरुबीच अन्तरर्क्रियात्मक कार्यक्रम र क्होइवो धी निर्माण जस्ता कार्यहरु भएको हूँदा यो कार्यसमितिको ठुलो उपलब्धि मान्न सकिन्छ त्यसको लागि सबैको माया र सहयोगबाट उक्त कार्यहरु पुरा भएको भन्दै ,अध्यक्षले सबैलाई धन्यवाद दिदै उद्घाटन सत्रको कार्यक्रम समापन गर्नुभएको थियो । बन्द सत्र अगाडी मागी आमा समूहले तयार पारेको परिकारका साथ केहि समय बिश्राममा खाजा नास्ता गरे पश्चात सबैजना बन्द सत्रमा प्रवेश भएको थियो । बन्द सत्रमा संगठनिक प्रतिबेदन सचिबले र आर्थिक प्रतिबेदन कोषअध्यक्षले प्रस्तुत गर्नुभयो जुन सर्वसम्मत पारित भयो जुन अध्यक्ष जितेन्द्र योज तमुबाट बिधान संशोधन प्रस्तुत गरिएको थियो। बिधान पनि सर्बसहमती सहित पारित गरियो। निर्णयक मन्डलको अध्यक्षमा ईन्द्र तेल्मे तमु,निर्णयक मन्डलका सदस्यहरुमा क्या०चन्द्र बहादुर क्रोम्छै तमु,क्या०जग बहादुर गरब्जा तमु ,रित बहादुर ल्हेगे तमु,श्याम त्होर्जे तमुले जिम्मेवारी निर्वाह गर्नुभएको थियो । निर्वाचन मन्डलले आवहान गरेअनुरुप सबैमा निर्बिरोध उम्मेदवार पर्यो र त्यसैलाई सर्बसम्मति रुपमा एकदम सौहार्द पूर्ण बाताबरणमा निर्वाचित भयो । अन्तमा निर्णायक मन्डलका निर्णायकज्युहरुले निर्बिरोध चयन भएको घोषणा गर्नुभयो । सपथ ग्रहणबाट कार्यसमितिलाई कार्यबहार सुमपिदिनुभएको थियो ।

कार्यसमितिमा  

१) अध्यक्ष: मन बहादुर क्रोम्छै तमु-धिताल ७,कास्की

२) उपाध्यक्ष: चन्द्र थिम्चे तमु-घान्द्रुक,कास्की

३) सचिव: पुन,भोजेन्द्र प्हच्यु तमु-पेल्काचौर,स्याङ्जा

४) सह-सचिव: टोम बहादुर च्हम्रु तमु-माझकोट,स्याङ्जा

5) कोषाध्यक्ष: रमा क्होला तमुस्यो-चिसापानी,कास्की

६) सह-कोषाध्यक्ष: टिका ल्हेगे तमु-सिक्लेस,कास्की

७) प्रबक्त: मनोज तेल्मे तमु-करापुथर,लमजुङ

८) सदस्य: टेक बहादुर क्रोम्छै तमु-घाचोक,कास्की

९) सदस्य: बेल बहादुर क्रोम्छै तमु-बागेफटके,स्याङ्जा

१०) सदस्य: नबिन ल्हेगे तमु-भैरहवा,रुपन्देही

११) सदस्य: माया च्हम्रु तमुस्यो-आलेचित्यान,स्याङ्जा

१२) सदस्य: रिस्ता पाल्जै तमुस्यो-घान्द्रुक,कास्की

१३) सदस्य: लक्षु प्हच्यु तमु-भैरहवा,रुपन्देही

१४) सदस्य: रुद्र प्हच्यु तमु-ओखल्दी,तनहूँ

१५) सदस्य: सुबिद न्हान्सी तमु-तनहूँ

१६) सदस्य: ठाकुर क्होला तमु-चिसापानी,कास्की

१७) सदस्य: च्यौना प्लेह तमु-कास्की

१८) सदस्य: प्रसाद टु-क्ल्हेप्री तमु-कास्की

१८ जना सम्पूर्ण निर्वाचित सदस्यहरुलाई निर्णयक मण्डल सहित आमा समुहले क्रेगी,क्रमु र फुलको गुच्छाले बधाई तथा सम्मान गरीएको थियो भने कार्यसमितिले सहयोगीहरुलाई सम्मान गर्नुभएको थियो । f

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*