Latest News

तमु प्ये ल्हु सघं लमजुङको दोस्रो वार्षिकोत्सब भब्य सम्पन्न

पुनम तमु
तमुमै ताँ डटकम
लमजुङ जेठ १५,सोमबार

गणतन्त्र दिवसको दिन तमु प्ये ल्हु सघं लमजुङले आफ्नो दोस्रो वार्षिकोत्सब शान्ति टोल आमा समुह भवनमा भब्य रुपमा मनाएको छ ।

 प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु भन्ने मुल नाराका साथ तमु जातिको मौलिक कुल धर्म संस्कार,संस्कृति,भाषा भेषभुषा,परम्परा आदि संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन तथा उत्थानको निम्ति स्थापित एक मात्र साझ पबित्र संस्था तमु प्ये ल्हु संघ लमजुङको दोश्रो ऎतिहासिक वार्षिक उत्सव २०७४ कार्यक्रम समारोहमा दिउँसोको एकदम चर्को घाम बाबजुद पनि तमु मौलिक खेगीहरु पच्यु,कल्हेप्री र बोन्पो लम आफनो पोशाकमा र सांस्कृतिक बाजागाजा सहितको झाँकीमा उपस्थिति रहेको थियो ।यालीमा तमु प्ये ल्हु संघ केन्द्रिय पदाधिकारीहरु,आमा र युवा समिति एवं स्याङ्जा,चितवन,गोर्खा र स्थानीय लमजुङको गाउँ- गाउँबाट झरेका प्ये ताँ ल्हु ताँ अनुयायीहरुको सहभागिता थियो । धेरै तमुहरुको उपस्थिति रहेको झाँकीले वरपरको सबै व्यक्तिहरुलाई ध्यान आकर्षण गरेको थियो । झाँकी याली शान्ति टोल आमा समुह भवनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका केन्द्रीय सचिव एवम् पुर्व मन्त्री पृथ्वी सुब्बा गुरुङको बहुल्यताबाट पानसमा दीप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

तमु प्ये ल्हु संघका संस्थापक एवम् क्होइबोका परिकल्पनाकर्ता पच्यु पैडी चिवा यारजङ क्रोम्छे तमु, तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमु,प्रवास क्होइबो धी निर्माण समितिका संयोजक मुक्ति टु क्हेप्री तमु लगायतका व्यक्तिहरुले लमजुङको दोश्रो सम्मेलनमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा भरपुर मनोरन्जनको लागि घेरै साँस्कृतिक प्रस्तुतिहरु देखाएको थियो ।

कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोगलबा ब्यक्तितोव जगोलाई माया चिनो प्रदान गरिएको थियो ।

 

तमु प्ये ल्हु संघ लमजुङका पूर्व एवं नवमनोनित अध्यक्ष मिल बहादुर चोर्मि तमुको सभापतित्वमा संघकै मनोनित सचिव मनमाया टु ले संचालित उदघाटन सत्रको कार्यक्रम संचालन गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*