Latest News

तमु प्हे ल्हु संघ कतार शाखाका याम त्होर्जे तमुलाई मिलन डी. जी. को स्वागत

पोखरा

२६ कार्तिक |
तमु प्हे ल्हु संघ कतार शाखाका कार्यसमिति सदस्य याम त्होर्जे तमुलाई मिलन डी. जी . ईन्टरनेशनल प्रा. लि . ले स्वागत गरेको छ | मिलन डी. जी . ईन्टरनेशनलकी प्रबन्ध निर्देशक देउकी सिंजाली ( दिपिका ) ले आइतबार तमुलाई मिलन डी. जी. को आफ्नै कार्यालयमा स्वागत गर्नुभएको हो | मिलन डी. जी. को प्रस्तुति रहेको चलचित्र भेडी गोठाले प्रदर्शन सफल बनाएकोमा प्ये ल्हु संघ कतार शाखालाई प्रबधक निर्देशक सिंजाली आभार समेत व्यक्त गर्नुभयो | सो अवसरमा तमुले चलचित्र प्रदर्शनको अवसर दिएर सामाजिक कार्यमा हातेमालो गर्ने मौका दिएकोमा मिलन डी. जी. प्रति धन्यबाद दिनुभयो |               साथै तमु प्हे ल्हु संघ कतार शाखाको तर्फ़बाट मिलन डी. जी. लाई मायाको चिनो र सम्मापनपात्र समेत हस्तान्तरण गर्नुभएको थियो | सोही अवसरमा सो चलचित्रकी नायिका खुशी तमुस्योलाई कतार पुगेर चलचित्र प्रदर्शन सफल बनाई स्वदेश फर्किएको भन्दै बधाई ज्ञापन समेत गरिएको छ | मिलन डी. जी. ईन्टरनेशनलका प्रचारप्रसार संयोजक एबं पत्रकार रुद्रबहादुर श्रीसले तमु प्हे ल्हु संघ कतार शाखाले तमु जातिको मौलिक बोन धर्मको प्रचारप्रसार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो | चलचित्र ‘ भेडी गोठाले ‘ को कार्यकारी निर्माता दुर्गा गुरुङ ‘ मिलन ‘ हुनुहुन्छ |
साभार : कास्की आवाज