Latest News

तमु मौलिक पोशाकमा आएको बिकृति रोक्नुपर्छ

बिधार्थी जिबंनदेखी नै नृत्यमा असाध्यै रुचि राख्ने रुपा गुरुङ स्टेजमा जम्ने एक स्थापित पोखरेली कलाकार हुन् । कास्कीको सिक्लेस स्थायी घर भएका रुपाको जन्म भारतमा भएको हो । भारतीय सेनामा जागिरे उनका बुबा चुडामान गुरुङ उतै पल्टनमा हुँदा रुपाको जन्म भएको हो । उनी ६ बर्षको हुँदा उनको परिवार नेपाल आयो र पोखरामा स्थायी बसोबास गर्न थाल्यो । रुपाले पोखराकै भद्रकाली उच्च मा वि बाट कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । अहिले उनि आफ्नै दाईको हाडवायर पसलमा दाइलाई ब्यब्सायमा सघाउँदै एकाउन्टेन्टको रुपमा काम गर्दै आएकी छिन् भने पोखरा चिसापानीमा रहेको डिजनी मन्टेश्वरीमा पनि नृत्य प्रशिक्षकको रुपमा कर्यरत छिन । रुपा ७ कक्षामा पढ्दादेखि नै तमु प्ये ल्हु संघको युवा समितिमा आबध भएर कलाकारको रुपमा संलग्न रहेकी थिइन् । त्यही समयबाट सुरु भएको उनको प्ये ल्हु संघको यात्रा आजसम्म पनि निरन्तर छ । उनका त्यहिबेलाका समकालिनहरु कता पुगे,कति त नेपालमै छैनन् भने कतिले नेपलमै भएर पनि प्ये ल्हु संघलाई माया मारेका छन् । तर,रुपाको यो यात्रा भने अहिले १८ बर्ष पुगीसक्दा पनी रोकिएको छैन । उनले लगातार ९ बर्षसम्म तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको साँस्कृतिक बिभाग प्रमुख भएर काम गरेका छन् भने हालै सम्पन्न युवा समितिको अधिवेशंनबाट उनी दिर्तिया उपाध्यक्षमा निर्वाचित भएकी छन् । यो अवधिमा उनले साँस्कृतिक बिभाग सम्हाल्दा २ पटकसम्म तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको भब्य साँस्कृतिक कार्यक्रममा बेजोड नृत्य प्रस्तुत गरी बिदेशमा रहेका दर्शकको पनि मन जित्न सफल भएकी छिन् । यतिबेला भने उनी तमु प्ये ल्हु संघ युकेले अब छिट्टै आयोजना गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रममा आफ्नो दमदार नृत्य प्रस्तुत गर्ने तयारीमा जुटेकी छिन् । रुपाले बिदेशमा मात्र नभएर नेपालका बिभीन्न जिल्लाहरुमा तमु प्ये ल्हु संघ मार्फत युवा साँस्कृतिक जागरण अभियान लिएर गोर्खा र लमजुङ जिल्लाका बिभीन्न गाउँलगायत तमु प्ये ल्हु संघको शाखा समिति भएको अन्य जिल्लाहरुमा पनि पुगेर आफ्नो साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिसकेकी छन् । रुपा साँस्कृतिक बिभाग प्रमुख हुँदा उनकै सक्रियतामा प्ये ल्हु संघको युवा टोलीले पोखरादेखि अन्न्पूर्ण बेसक्याम्प सम्मको १४ दिने कठिन तर रमाइलो साँस्कृतिक यात्रा पुरा गरेको थियो । जुन कार्यक्रममार्फत युवाहरुले करिब ६ लाख रुपैया संकलन गरेर आफ्नो संस्थालाई आर्थिक रुपमा अझै मजबुत बनाउने काम गरेका थिए । “मलाई सानै उमेरदेखि नाच्नमा सा्र्है रुची थियो, त्यसैले म प्ये ल्हु संघमा नाच्नकै निम्ति गएको हूँ,उनले भनिन् ।

त्यतिबेला कतिपय साथीहरु पनि नाच्ने र एक छिनलाई रमाइलो गर्ने सोचले आएको हुन्थ्यो । तर बिस्तारै संस्थामा आबध हुदै गएपछि प्ये ता ल्हु ताँ सम्बन्धी निकै कुराहरु बुझ्दै गए र पछि आफैमा एउटा जिम्मेवारी महसुस हुन थाल्यो । अहिले समय धेरै परिवर्तन भैसकेको छ । पहिले,प्ये ल्हु संघमा युवाहरु मनोरन्जनको लागि आउने गर्थे भने अहिलेका युवाहरु प्ये ता ल्हु ताँ सम्बन्धि केहि बुझ्नलाई आएको मैले धेरै पाएको छु,उनले थपे । युवाँहरुले प्ये ल्हु संघमा केहि पाउँनलाई आउँनुभन्दा केहि दिनलाई आउँनुपर्ने उनको भनाई छ । उनले अहिलेसम्म थुपै् समुहलाई नृत्य प्रशिक्षण दिईसकेकी छन् भने केहि म्युजीक भिडियो र गुरुङ चलचित्रका केहि गीतहरु तथा कौडा गीतहरुमा पनि कोरियोग्राफर भएर काम गरिसकेकी छिन् । तमु प्ये ल्हु संघ युकेका आमा समिति सदस्य बीजमाया गुरुङको निर्माण र परीकल्पनामा तयार भएको कास्कीको मार्गीगाउँको म्युजिक भिडियो पछिल्लो समय रुपाले कोरियोग्राफ्री गरेको गीत हो ।

“आहिले तमु मौलिक भेषभुषामा धेरै बिकृति आएको छ,हामीले यसलाई रोख्नुपछ । त्यसैले मैले आफुले सक्दो तमु मौलिक पोशाकलाई संरक्षण गर्ने र अझ बढवा दिने कोसिस गर्दैछु,उनि भन्छिन ।भविष्यमा आफु नृत्य विधासँग अलग भएर बस्न नसक्ने र कलाकारितामै आफुलाई अानन्द मिल्ने रुपाको भनाई छ ।

प्रस्तुति :रोशनी गुरुङ

साभार : एभरेस्ट टाईम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*