Latest News

तमु सञ्चारकर्मी संघका सल्लाकारहरुको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम

हुम तमु

पोखरा, १५ कार्तिक

तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपालका सल्लाहकारहरुलाई पोखरामा एक कार्यक्रमका विच सोमवार स्वागत तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

तमु(गुरुङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा हालै सल्लाहकारमा मनोनयन हुनुभई पोखरामा रहनुभएका तमु संचारकर्मी संघका संस्थापक संयोजक हुमबहादुर गुरुङ, सचिव खडग गुरुङ, कोषाध्यक्ष सरस्वती गुरुङ, राजबहादुर गुरुङ र तमु समाज कतारका प्रमुख संरक्षक बील गुरुङलाई केन्द्रीय अध्यक्ष मीना गुरुङले माला र खादाद्धारा स्वागत एवं बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै सल्लाहकार एवं संस्थापक संयोजक हुमबहादुर गुरुङले तमु संचारकर्मी संघको संस्थागत क्रियाशीलताले संस्था स्थापनाको उद्धेश्य प्राप्ति हुने भएकाले सबै तमु सञ्चारकर्मीहरु क्रियाशील बन्नुपर्ने आग्रह गर्नुभयो ।

सल्लाहकार सरस्वती गुरुङ शुभकामना व्यक्त गर्नुहुदै तमु सञ्चारकर्मीहरुको एकता, सञ्चार क्षेत्रबाट समुदायगत उत्तरदायित्वका लागि सञ्चारकर्मीहरु जुट्नुपर्ने बताउनुहुदै सल्लाहकार मनोनयनले आगामी दिनमा संस्थालाई थप सहयोग गर्ने जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले दाजु बहिनी, दिदि भाई विचको पवित्र सम्बन्धको रुपमा रहेको चार्डको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

सल्लाहकार बील गुरुङले तिहारको शुभकामना व्यक्त गर्नुहुदै आफुलाई सल्लाहकारमा मनोनयन गरेकोमा तमु सञ्चारकर्मी संघप्रति आभार व्यक्त गर्नुभयो । उहाँले तमुहरुको एकता, अधिकार, पहिचानका लागि सञ्चारकर्मी संघले समन्वयकारी भुमिका खेल्नुपर्ने बताउनुभयो ।

अर्का सल्लाहकार खडग गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, सञ्चारकर्मीको क्रियाशीलता र पोखरामा कार्यलय स्थापनाका लागि पहल संघले गर्नुपर्ने बताउनुभयो ।

सल्लाहकार राजबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु संचारकर्मीहरुले समुदाय, पत्रकार महासंघ एवं संघ संस्थाहरु, राजनैतिक लगायत हरेक क्षेत्रमा समन्वय क्रियाशील भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । तमुहरुको एकता, अधिकार प्राप्ति, तमुको गतिविधी मुद्धाको प्रचार प्रसार, पत्रकार संघ संस्थामा प्रतिनीधित्व र अगुवाई गर्ने तमुहरुलाई साथ सहयोगका लागि तमु संचारकर्मी संघले थप भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

तमु(गुरुङ)संचारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  सचिव रोशनी गुरुङले गर्नुभएको थियो ।

1 Comment

  1. Good point. Perhaps he tried that and they’d turned his phone off. “Dead battery ma&o;#8221t.Ferget the “Find my iPhone” app for a moment, but that wouldn’t work if the phone was off anyway. It would show the last reported location, i.e. his house.Why so many laptops for that hacking job? Overkill, IMHO. Any top notch hacker would use a single machine with multiple virtual machines.

Leave a Reply

Your email address will not be published.


*