Latest News

तमु समाज युकेद्धारा स्वर्गीय माया गुरुङ(कुसुम)को परिवारलाई १० लाख सहयोग हस्तान्तरण

हुम तमु
बुटवल, १८ पुस
बैदेशिक रोजगारीको क्रममा युकेमा क्यान्सरबाट पीडित भई मृत्यु भएकी माया गुरुङ(कुसुम)को परिवारलाई तमु समाज युकेद्धारा १० लाख ६ हजार १४० रुपैया हस्तान्तरण गरिएको छ ।
मंगलवार बुटवल नगरपालिका वडा नं. १३, देवीनगर, नरजय पथस्थित स्वर्गीय माया गुरुङ(कुसुम)को बहिनीको घरमा आयोजित कार्यक्रममा आमा फूलमाया गुरुङ र छोरी सोकिन गुरुङ(निशा) लाई तमु समाज युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङ, उहाँकी धर्मपत्नी हुमकुमारी गुरुङ र तमु समाज युकेका आजीवन सदस्य विसन गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
नवलपरासी जिल्ला, रामनगर २ बरेरा घर भई पाँचवर्ष अघि युके पुगेकी ४० वर्षिया माया गुरुङ(कुसुम)को क्यान्सरको उपचारकै क्रममा कात्तिक २८ गते मत्यु भएको थियो। बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षिय सन्दिप गुरुङ र ११ कक्षामा अध्ययनरत सोकिन गुरुङ(निसा)की आमा माया गुरुङ(कुसुम)को शव नेपाल ल्याई गुरुङ जातिय संस्कार अनुसार अन्त्येष्टि गरी, काजकिरिया समेत भईसकेको छ ।
स्वर्गीय माया गुरुङ(कुसुम)को शव नेपाल पठाउन तमु समाज युकेको पहलका साथै आवाश्यक खर्च ४ लाख ५० हजार सहयोग प्रदान गरेर युकेमा रहेका नेपालीको पीडामा मानविय सेवा गरेको तमु समाज युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङले बताउनुभयो । उक्त रकम सहित स्वर्गीय माया गुरुङ(कुसुम)को उक्त घटनामा तमु समाज युकेले १४ लाख ५६ हजार १४० रुपैया सहयोग गरेको छ। सहयोगका लागि युकेको साउथ इष्टर्न रिजन प्लमष्टिडबाट १ लाख ३० हजार र अन्य सहयोगी महानुभावबाट उक्त सहयोग र्सकलन तमु समाज युकेका संस्थापक अध्यक्ष तथा आर्थिक संयोजक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । सहयोगका लागि तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङसहितले विशेष पहल गरेको आजीवन सदस्य विसन गुरुङले जानकारी दिनुभयो ।
सहयोग रकम ग्रहण गर्दै स्वर्गीय माया गुरुङ(कुसुम)को आमा फूलकुमारी गुरुङले केही दिन अघि ग्याष्ट्रिकले विसञ्चो भएको छ भनेको थियो छोरीले जेठी छोरीको अल्पायुमै निधन आफुले अझै पत्याउन गाह्रो भएको बताउनुभयो । तमु समाज युके भएकै कारण युकेमा निधन भएकी छोरीको लास नेपाल ल्याउन सकेको बताउनुभयो । चार छोरी र एक छोरा मध्ये आफ्नो पहिलो सन्तानको अकल्पनीय निधनले आफु अन्यन्तै मर्माहत भएको बताउनुहुदै आमा फूलमायाले केही समय पछि छोरीको अर्घौ गर्ने बताउनुभयो । तमु समाज युकेबाट प्राप्त सहयोग स्वर्गीय माया(कुसुम)को छोरा छोरीको शिक्षाका लागि खर्चने बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*