Latest News

तमु समाज यूकेले मनायो ल्होछार

लन्डन । तमु समाज यूकेले गत शनिबार च्य ल्होछार (चरा वर्ग) भव्य कार्यक्रम गरि मनाएको छ । ह्यारो लिजर सेन्टरमा आयोजित उक्त कार्यक्रममा सयौं सहभागी भए । सांगीतिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजले बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी दम्पतिलाई औपचारिक स्वागत गरयो ।
समाजका महासचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा वक्ताहरुले तमुहरुको महान पर्व ल्होछारका अवसरमा शुभकामना दिए । प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि तमुहरुले आफ्नो कला, 
संस्कृति र भेषभूषा जोगाइ राखेको धारणा राखे । ल्होछार तमुहरुको मात्र नभइ राष्ट्रिय पर्व भएकाले यसले नेपालीहरुलाई एकसूत्रमा बांधेको पनि 
राजदूतको भनाइ थियो ।img_5045
समाजका अध्यक्ष अर्जुनकुमार गुरुङले शुभकामना दिंदै स्वागत गरेका 
थिए । उनले च्यारिटीमा दर्ता भएको आफ्नो समाजले हालसम्म गरेका गतिविधिबारे पनि प्रकाश पारे । विशेष अतिथी ब्रेन्ट काउन्सिलका डेपुटी मेयर भगवानजी चौहानले पनि शुभकामना दिए ।
कार्यक्रममा समाजको हाउजिङ प्रोजेक्टका संयोजक 
एवं सल्लाहकार सुवसिंह गुरुङले प्रोजेक्टको अपडेट गराउंदै ब्रेन्ट काउन्सिलले भवन दिनेबारे सकारात्मक रुपमा कुरा अगाडि बढेको जानकारी दिए । स्मरणरहोस्, समाज आफ्नै सामुदायिक भवन बनाउन केही वर्षयता जुटिरहेको थियो । बेलायत र नेपालको राष्ट्रिय गीत बज्नुअघि कार्यक्रम संयोजक केदारबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए । असिस्टेन्ट कल्चरल सेक्रेटरी श्रीमति लक्ष्मी गुरुङको कोरियोग्राफीमा आयोजित सांस्कृतिक कार्यक्रम र उत्कृष्ट नाचले सहभागीको ध्यान आकृष्ट गर्यो । कार्यक्रममा यम गुरुङ र निर्मला गुरुङले गायनमार्फत दर्शकलाई भरपुर मनोरन्जन दिए । आमा समूहकी अध्यक्ष माया गुरुङको नेतृत्वमा समूहको तर्फबाट नाच समेत प्रस्तुत गरिएको थियो । दोश्रो चरणको कार्यक्रम निरज गुरुङ र लक्ष्मी गुरुङले सञ्चालन गरेका थिए img_5047
समाजले उक्त अवसरमा विभिन्न व्यक्तित्वलाई उत्कृष्ट समाज सेवा सम्मानपत्र समेत प्रदान गरयो । साथै समाजका नयां र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियो । समाजले सन् २०१६ मा ग्रयाजुएट्स र मास्टर्स डिग्री उत्तिर्ण हुने विद्यार्थीलाई सर्टिफिकेट अफ अचिभमेन्ट पनि प्रदान गरेको थियो । 
प्रमुख अतिथी राजदूत डा. सुवेदी, विशेष अतिथी ब्रेन्ट काउन्सिल डेपुटी मेयर भगवानजी चौहान, समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र वर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङले विभिन्न सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा समाजकी उपाध्यक्ष श्रीमति बिजु गुरुङले धन्यवाद मन्तव्य दिइन् । डिजे चांद लामाको गीतसंगीतमा राती अबेरसम्म सहभागी नाचेका थिए । कार्यक्रममा रारा क्याटरर्सले खाना उपलव्ध गराएको थियो ।img_5046
तस्विरहरुः मिलन तमु

साभार : wenepali.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*