Latest News

तमु समाज हङकङको दोश्रो बार्षिक उत्सव हुँदै

तमु समाज हङकङले आफ्नो स्थापनाको दोश्रो बार्षिक उत्सव धुमधामका साथ् मनाउने भएको छ । अक्टोबर ५ मा यमुतेइ कम्युनिटि हलमा दिउसो चार बजे दोश्रो बार्षिक उत्सव मनाउन लागेको हो । कार्यक्रममा समाजसेवी तमुहरु दुई बर्षको सफल यात्रा पुरा गरेकोअवसरमा एकतामा बाँधिदै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् ।

तमु समाज समाज हङकङलाइ माया गर्ने आजिवन सदस्यहरुले आगामी दिनमा कसरि अझै ब्यबस्थित र राम्रो काम गर्न सकिन्छ भन्दै यहि बर्ष भित्र तमु भवन ब्यवस्थापनको लागि  शुरु गरेको अभियान यहि बर्षमा सम्पन्न गर्ने बिषयमा पनि छलफल हुनेछ ।

हङकङमा हुने हरेक कार्यक्रमहरुमा तमु समाज हङकङले सहयोग र सहभागिता  जनाउदै आएको छ । तमु ल्होसारका साथै तमुहरुको हक र हित, भाषा, धर्म, संस्कार, संस्कृति, आर्थिक, सामाजिक र बौद्धिक पक्षलाई लिएर सधै अग्रसर हुने कुरामा पनि कार्यक्रममा छलफल हुनेछ ।

साभार : हलिबुड खबर डट्कम