Latest News

तमु साँस्कृतिक परिवारको १६ औं वार्षिक साधारणसभा सम्पन्न

हुम तमु
पोखरा, ३० भदौ
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शनिवार पोखरामा १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रतिष्ठानका सल्लाहकार, समाजसेवी रुद्रकुमारी तमु मैनाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुहुद शिक्षाको महत्व परदेशमा रहदा अनुभव हुने भएकाले जापानमा रोजगारीका क्रममा अन्त्यन्तै महत्वपुर्ण संस्था तमु साँस्कृतिक प्रतिष्ठान स्थापना गरेकोमा संस्थापकहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। संस्थाका अगुवाई गर्नेहरुको इमान्दारीता र संस्थाको पुनित उद्धेश्यकै कारण प्रतिष्ठानले अत्यन्तै उचाई पाइरहेको बताउनुभयो। प्रतिष्ठानका कारण तमु विद्यार्थीहरुलाई शिक्षाप्रति प्रोत्साहन गरिहरुको उहाँको भनाई थियो। 
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष समेत रहनु भएको रुद्रकुमारी तमु मैनाले पोखराको समृद्धिका लागि काहुडाडामा निर्माण हुने बुद्ध मण्डलाका लागि सबैको साथ सहयोगका लागि आग्रह गर्नुभयो।
कार्यक्रममा सल्लाहकार तेजबहादुर तमुले शुभकामना दिनुहुदै प्रतिष्ठानको स्थापनाको उद्धेश्यको प्रष्ट पार्र्नुहुदै हालको गतिविधीको लागि कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो। 
प्रतिष्ठानको सबै भन्दा ठुलो सहयोग संस्था तमु धिं युकेका नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद तमुले शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानले विद्यालय तह मात्रै नभएर उच्च तहको शिक्षाको लागि समेत लक्षित गरेर छात्रवृत्ति अभियान जरुरी रहेको सुझाव दिनुभयो।
तमु प्ये ल्हु संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर तमुले प्रतिष्ठानले अत्यन्तै आवाश्यक अभियान संचालन गरेकाले सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो।
तमु विद्यार्थी मञ्चकी सचिव आरती तमुले प्रतिष्ठानका कारण आफुहरुले उच्च शिक्षाका लागि मार्ग प्रसस्त भएको भन्दै विद्यार्थीलाई मार्गनिर्देशन र सहयोगको धरोहर तमु साँस्कृतिक प्रतिष्ठान भएको बताउनुभयो। 
कार्यक्रममा प्रतिष्ठानका नयाँ आजीवन सदस्यता प्राप्त गर्नुभएका सदस्यहलाई सदस्यता वितरण गरिएको थियो।
साधारणसभामा सहसचिव भेषराज तमुले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष कौशिला तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुको अध्यक्षता, उपाध्यक्ष चित्र तमुको स्वागत र सचिव श्रीजग तमुको सञ्चालनमा कार्यक्रम भएको थियो।
यसै विच आर्थर डाडाखर्क कोने परिवारका तर्फबाट अध्यक्ष क्या.हितमान तमुले धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी तमु मैनालाई मण्डला निर्माणका लागि २५ हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो।