Latest News

तमु साँस्कृतिक प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न

रिता तमु ,

“तमुमै ताँ ”

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार  फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजमा १५ औं बार्षिक साधारणसभा अध्यक्ष श्री चिजकाजी तमुज्युको सभापतित्वमा सम्पन्न भएको थियो | साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, प्रतिष्ठानका सल्लाहकार श्री मेनकाजी तमुज्युले गर्नुभएको थियो | प्रमुख अतिथि मेनकाजी तमुज्युले दिपप्रज्वलन गरि कार्यक्रम उद्दघाटन गर्नुभएको थियो  |

सो कार्यक्रम संचालन सचिब श्री श्रीजंग तमुज्युले गर्नु भएको थियो | प्रथम उपाध्यक्ष श्री हर्क बहादुर तमुज्युले स्वागत मन्तब्य दिनुहुदै कार्यक्रम मा पाल्नुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको थियो | सल्लाहकार तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले बैदेशिक रोजगारीमा पुगेका शिक्षित युवाहरुले शिक्षाको आवाश्यकतालाई महसुस गरी स्थापना गरेको प्रतिष्ठानका लागि आफु र तमु धिं नेपाले सक्दो सहयोग गर्ने वचनवद्धता गर्नुभयो । उहाँले तमुहरु सचेत र शिक्षित नभएका कारणले हरेक ठाँउमा हेपिने अबस्था अन्त्य गर्नका लागि पनि तमुहरुको एकताका जरुरि छ भन्नुभएको थियो |

सल्लाहकार एवं तमु धिं युकेका प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङले शुभकामना दिनुहुदै तमुहरुको एकता र सचेत भएमा धेरै उन्नति र प्रगति गर्न सकिने उदाहरण प्रतिष्ठानले प्रस्तुत गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानका हरके कदममा आफु र तमु धिं युकेको साथ रहने बताउनुभयो । आजीवन सदस्यहरुको तर्फबाट लिटिलस्टेप उच्च माविका प्रिन्सिपले पम्फा गुरुङले शुभकामना दिनुहुदै शिक्षामा ग्रामीण भेकमा तमु विद्यार्थीलाई प्रतिष्ठानले गरेको सहयोग उदाहरणीय रहेको भन्दै प्रसंसा गर्नुभयो ।कार्यक्रममा सचिब श्री श्रीजंग तमुज्युले वार्षिक प्रगती प्रतिबेदन तथा सहकोषाध्यक्ष श्रीमती कौशल्या तमुज्युले आर्थिक आय /व्यय विवरण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो साथै सबै जनाको स्वीकृतिमा अनुमोदन पनि गरिएको थियो | कार्यक्रममा  विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको थियो ।

यसैविच प्रतिष्ठानका निवर्तमान अध्यक्ष झम गुरुङ हेरालो प्रतिष्ठानको अध्यक्ष, प्रतिष्ठानका उपाध्यक्ष चित्रबहादुर गुरुङ कार्यकारी उपाध्यक्ष, प्रतिष्ठानका सहसचिव हेरालोको सचिवमा सर्वसम्मत चयन हुनुभएकोमा प्रमुख अतिथि मेनकाजी गुरुङ र प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि गुरुङले तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शिक्षा क्षेत्रमा अत्यन्तै उदाहरणीय कार्य गर्दै आइरहेकोमा प्रसंसा गर्नुहुदै अब मौलिक सँस्कृति संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले क्रमैसँगै मौलिक सँस्कृति लोप हुदै गएकाले गुरुङको कल्चर खोज्न युके अमेरिका जान नपरोस भन्ने चिन्ता जाहेर गर्नुभयो ।

प्रतिष्ठानले तमु विद्यार्थीलाई छात्रवृत्तिसँगै उनिहरुको भविष्यका बारेमा पनि सोच्नुपर्ने सुझाव दिनुहुदै प्रतिष्ठानले तमुहरुको एकता, सँस्कृति संरक्षणमा समेत पहल गर्न जोड दिनुभयो । कार्यक्रमको अन्तमा सभाका सभापति श्री चिजकाजी तमुज्युले अहिले भुकम्प प्रभावित क्षेत्रमा बिशेष प्राथमिकताका साथ अहिले प्रतिष्ठानले छात्रवृति वितरण गरिरहेको बताउनुभयो |

प्रतिष्ठानले ग्रामीण भेकका सामुदायिक विद्यालयमा अध्ययररत तमु विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अभिप्रेरित गर्न विभिन्न दाताहरुको सहयोगमा १ करोड ३१ लाख अक्षयकोष रहेको बताउनुभयो | प्रतिष्ठानको मुख्य सहयोगी संस्थाको रुपमा तमु धिं युके रहेको बताउनुभयो | कार्यक्रममा आफ्नो व्यस्तताका कारण पनि उपस्थिति भैदिनु भएकोमा सबै प्रतिनिधिहरुलाई धन्यबाद दिदै सभा बिसर्जन गर्नुभएको थियो |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*