Latest News

तमू प्ये ल्हु संघ सबै तमूहरुको मौलिक पहिचानको केन्द्रविन्दु हो : युद्धजंग गुरुङ

रोशनी गुरुङ,

समाचार संयोजक तमूमै ताँ डटकम,

पोखरा
रोजगारको शिलशिलामा विदेश बसेर पनि नेपाल र आफनो समुदायको लागि केही गर्नुपर्छ भन्ने मान्यताका साथ समाज सेवामा लागी पर्नुभएका युवा समाजसेवीको नाम हो युद्धजंर्ग प्हच्य’ु गुरुङ (दुर्गा) । विगत १८ वर्षदेखि खाडी मुलुक कतारलाई उहाँले आफनो कर्म भुमि बनाउदै आउनु भएको छ । बाबा जितबहादुर गुरुङ र आमा कृष्णकुमारी गुरुङकोखबाट उहाँको जन्म बाग्लुङपानी ५ नजारे लमजुङमा भएको हो । भने उहाँको परिवार हाल काठमाडामा बस्दै आउनु भएको छ ।
आफना बाबाको जागिरको शीलशीलामा उहाँको बाल्यकाल भारतको नयाँ दिल्लीमा बितेको थियो । बाग्लुङ पानीकै जनज्योती मा.वि.बाट एस.एल.सी. परिक्षा उत्तिर्ण गर्नु भएका उहाँ ८ वर्षसम्म भारतको नयाँ दिल्लीमा बस्नुभयो । आज भन्दा १८ वर्ष पहिले रोजगारीको लागि कतार पुग्न भएका उहाँले तमू समाज कतारमा पाँच वर्षसम्म काम गर्नु भयो । त्यसबखत पश्मिाञ्चल क्षेत्रिय समितिको संयोजक समेत हुनुभयो । यसरी अनवरत रुपमा समाज सेवामा समर्पित युद्धजंर्ग प्हच्यु गुरुङसँग गरिएको केहि कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कहिले स्थापना गर्नुभयो कतारमा तमू प्ये ल्हु संघ ?
हामीले कतारमा सन् २०१४ को सेप्टेम्बर १९ तारिखमा तमू प्ये ल्हु संघको स्थापना गरेका थियौ र म यस संस्थाको संस्थापक अध्यक्ष पनि हुँ । हामीले स्थापनाकाल देखि नै सक्रिया रुपमा काम गर्दै आई रहेकाछौ । हाल हामीसँग ३२ जनाको कार्य समिति र २०० जना साधारण सदस्यहरु रहेका छन ।
कतारमा गएर नै तमू प्ये ल्हु संघको स्थापना गर्नुपर्ने कारण के ?
अहिले धेरै तमू दाजुभाइ तथा दिदीबहिनीहरु देशको आर्थिक अवस्था आफनो विभिन्न घरयासी कारण आदिले गर्दा कतारमा मात्र नभई विश्वका विभिन्न स्थामा पुगेर काम गरिरहेको अवस्था छ । हामी जहाँ जता रहेता पनि आफनो देश, समुदाय र ति समुदायले मान्दै आएको मौलिक परम्परा भन्दा टाढा रहन सक्दैनौ । त्यसैले पनि हामीले विदेशमा बसेरै भए पनि आफनो देश र समुदायको लागि केहिगरौ भन्ने उद्देश्यले तमू प्ये ल्हु संघको स्थापना गरेका हौ । खास गरि तमू जातिको लोप हुँदै गएको मौलिक संस्कृतिको पहिचान र संरक्षण गर्नलाई हामीले तमू प्ये ल्हु संघको स्थापना गरिएको हो । यसको साथै कतारमा रहेको तमूहरुलाई तमू ल्हु संघको बारेमा बुझाउन पनि हामीले यसको स्थापना गर्न आवश्यक ठान्यौ । अहिलेको समयमा तमू जातिको कुल धर्म र संस्कार संस्कृतिमा पनि धेरै भिन्नतादेखि रहेको छ । त्यसलाई एकीकृत गर्नको लागि पनि हाम्रो संस्थाले काम गरी रहेको छ ।

 विदेशमा कहाँ कहाँ स्थापना भएको छ ?
अहिले विदेशमा हाम्रो शाखाहरु स्वस्र्फुत रुपमा खोलिएका छन । हालसम्म विदेशमा ७ वटा देशमा यसको सञ्जाल स्थापना भई सकेको छ । अब छिटै अरु मुलुकहरुमा पनि यसको शाखा खोल्ने हाम्रो तयारी रहेको छ । नेपालमा ४० भन्दा बढी जिल्लाहरुमा यसको जिल्ला शाखाहरु गठन भईसकेका छन । भने छिटै देशका सबै जिल्लामा यसको शाखा गठन गर्ने हाम्रो अभियान रहेको छ ।
कतारमा शाखा स्थापना पछि केके काम गर्नुभयो ?
सन् २०१५ को ९ जनवरीमा हामीले यसको भब्य रुपमा उदघाटन गरेका थियौ । त्यसमा नेपालबाट अतिथिको रुपमा पच्यु गुरु एवं समाज शास्त्री पोलबहादुर गुरुङ र पत्रकार देवीजंग गुरुङ र तमू प्ये ल्हु संघका केन्द्रिय सदस्य हरिमाया गुरुङको विषेश उपस्थिती रहेको थियो । अहिले तमू जातिको कुल धर्म बोन र पहिचान र्धम बुद्ध हो भनेर प्रचार गरिएको छ । तर यो हुन सक्दैन तमू प्ये ल्हु संघले तमूहरुको कुल धर्म र पहिचान धर्म पनि बोन नै हो भनेको छ । त्यसैले हामी यसैको प्रचारमा लागि रहेकाछौ । तमूहरुको सबै कर्म काण्डाहरु पच्यु र क्लेप्रीबाट नै हुँदै आईरहेको छ यसलाई संस्थागत गर्ने काम भनेकै तमू प्ये ल्हु संघले गर्दै आएको छ र आउने दिनमा पनि यसरी काम गर्दै जाने छ भन्ने कुरालाई सबैलाई बुझाउने प्रयास गर्दै आईरहेको छ । यसको साथै हामीले आफनो वार्षिक मुखपत्र आगुई ह्युलर्बै तमूमै ताँ पनि प्रकाशित गरेका छौ । जसमा हाम्रो संस्थाको वार्षिक गतिविधिहरु समेटिएको छ । त्यसको साथै हामीले संस्थाको सल्लाहकार एवं लेखक तेज तडपन प्हच्यु तमूको रचनामा रहेको तमूहरुको ल्होसार गीतलाई संस्थाको लगानीमा निर्माण गरि विमोचन पनि गरिसकेका छौ । यसका साथै सदस्यता वितरण लाई पनि हामीले तिव्रता दिएका छौ जसमा महिलाहरुको सङख्य पनि राम्रो रहेको छ अहिले हामीसँग करिब ३५ जनाको सङख्यामा महिला सदस्यहरु रहेका छन । त्यसपछि हामीले विभिन्न समयमा मृगौला पिढित र ब्लड क्यान्स भएका तमूहरु तथा अन्य विभिन्न सहयोगहरु पनि गर्दै आएका छौ ।
भाबी योजना के छ ?
अहिले धेरै जसो तमूहरु आफनो मौलिक संस्कृतिको बारेमा अन्यौलमा रहेको देखिन्छ त्यसैले यस्तो प्रकारको अन्यौलतालाई चिरेर तमूहरुलाई आफनो संस्कार, संस्कृतिको बारेमा बुझाउने प्रयत्न गर्नेछु । त्यसको अलाव नेपालमा रहेका विभिन्न तमू संघ संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको छ । त्यसको योजना अनुसार नै हामीले पहिलो चरणमा लमजुङ र गोर्खामा तमू प्ये ल्हु संघको शाखा स्थापना गर्न भरपुर सहयोग गरेका छौ त्यहाँका तमूहरुसँग अन्तरक्रिया पनि गरेका छौ । यो दुई वटै कार्यक्रम अत्यन्तै सफल भएको छ । अब बेशीसहरमा क्होइबो निर्माण गर्न सहयोग गर्ने हाम्रो योजना रहेको छ । म अहिले घर विदाको सदुपयो गर्दै तमू प्ये ल्हु संघ कन्द्रिय समितिको आयोजनामा सम्पन्न भएको देशब्यापी भ्रमण र क्होला सोथरको भ्रमण सम्पन्न गरी भखरै फर्केको छु । यो भ्रमण वास्तवमै भन्नु पर्दा संस्थागतरुपमा असाध्यै फलदायी रह्यो । जसले गर्दा हामी भावी दिनहरुमा अझ संगठित भएर संस्थाको हितमा जुटन यसले धेरै मद्दत गरेको छ भन्ने मलाई लाग्छ । त्यसको साथै लोपउन्मुख अवस्थामा पुगेको बोनपो लमहरुको संरक्षण गर्ने काममा लाग्ने छु । खास गरि देश विदेशमा क्होइबो बनाउने र प्रशिक्षण दिने हाम्रो योजना रहेको छ ।
तमू प्ये ल्हु संघ कतारको सदस्य बन्न चाहनेले के गर्नुपर्छ ?
प्रत्येक महिनाको दोस्रो हाप्ताको शुक्रबार हाम्रो मासिक बैठक हुन्छ । त्यसमा आएर सहभागी हुने र साधारण सदस्योको लागि एक वर्षको १५ रियल र प्रत्येक महिना १० रियल लेबी शुल्क तिर्नुपर्ने हुन्छ । संस्थाको यो नियमहरु पालना गर्ने संस्थाको विधान भित्र रहेर सक्रियपुर्वक काम गर्ने जो कोहि तमूहरु यस संस्थाको सदस्य बन्न सक्नेछ । जसबाट सदस्यहरुलाई परि आएको समस्यहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ । तमू प्ये ल्हु संघ कतार मार्फत धेरै तमूहरुले आफनो मौलिकताको बारेमा बुझने मौका पाएको छ । जसले गर्दा पनि यसको ब्यापकता अझै बढदै गएको छ भन्ने मलाई लागेको छ ।
 अन्तमा यो सञ्चार माध्यम मार्फत के भन्नु हुन्छ ?
कतारमा रहेको तमूहरु र देश विदेशको विभिन्न ठाउँमा छरिएर रहेको तमूहरुलाई अझै पनि तमू प्ये ल्हु संघको बारेमा केहि दुविधा रहेको छ भने एक पटक तमू प्ये ल्हु संघमा गएर बुझि दिनु हुन र यसको अवलोकन गरि दिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु । तमू प्ये ल्हु संघ कसैको विरुद्धमा छैन त्यसकारण पनि सबै तमूहरुलाई यहाँ आएर आफनो संस्कार संस्कृतिको कुराहरु सिक्नका लागि हार्दिक अनुरोध गर्दछु । त्यसो गरेमा अरु जातिको हबी भएको तमू संस्कारमा कमी ल्याउन सकिन्छ । कतारमा सबै जना एक दमै सक्रिय पूर्वक तमू प्ये ल्हु संघमा लागेको साथीहरु हुनुहुन्छ । म उहाँहरुलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।image

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*