Latest News

ताङतिङमा चैत्र २२ देखि २५ गतेसम्म मेला लाग्ने

रोशनी गुरुङ÷पोखरा, १२ चैत्र
कास्कीको मादी गाउँपालिका अन्तरगत वटा नं २ मा पर्ने पर्यटकीय गाउँ ताङतिङमा २८औ ताङतिङ चैत्र मेला २०७३ आयोजना हुनेभएको छ । ताङतिङ युवा क्लवको आयोजनामा हुने मेला चैत्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
ताङतिङ गाँउको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, स्थानिय मौलिक कला सँस्कृति संरक्षण एंव प्रवद्र्धन तथा होमस्टेको विकासलाई सहयोग गरी क्होला सोंथर लगायतको ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले मेला आयोजना गरिएको क्लबद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार वेदहादुर गरुङ (श्याम)ले जानकारी दिनुभयो ।मेलाको चैत्र २२ गते ताङतिङ गाउँमा निर्माणधिन अवस्थामा रहेको ४४ मेगावाटको सुपर मादी हाइड्रो पावरका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मेलामा पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल, छेलो प्रतियोगिता लगायतका खेलहरु हुने भएको छ भने मेला अवधीभर स्थानिय कलाकार तथा पोखरामा रहेको तरेली साँस्कृतिक परिवारका कलाकारद्धारा नृत्य एवं ओपन हाउस पोखराका कलाकारहरुले गजल प्रस्तुत गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो ।क्लवका सल्लाहकार, हिमालय मिलन माविका प्रधानध्यापक ओमप्रकाश गुरुङले ताङतिङमा हाल दर्ता भएको १० होमस्टे, २ बटा होटल र १५० घर पाहुना राख्नका लागि सुविधासम्पन्न रहेका तथा आवश्यकता परेमा हरेक घरमा व्यवस्थित रुपमा पाहुन राख्न सक्ने क्षमता भएकोले मेलामा आउने पाहुनाहरुलाई बसोबासको लागि कुनै समस्या नहुने बताउनुभयो ।


मेलामा आयोजित पुरुष भलिबलका विजेताले ५० हजार, उपविजेता २५ हजार, महिला भलिवल ५० हजार, उपविजेताले २५ हजार, बास्केटबल विजेताले ५० हजार, उपविजेताले २५ हजार नगदसहित, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने क्लवका सचिव भोजबहादुर गुृरुङले जानकारी दिनुभयो । मेला सम्पन्न गर्नका लागि करिब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
समुद्री सतहदेखि १६ सय ५० मिटर उचाई र पोखरादेखि उत्तरपुर्वी २३ किमी सडक दुरीमा रहेको प्राकृतिक तथा साँस्कृतिक रमणीय गुरुङ गाँउ ताङतिङ पुग्नका लागि पोखरा १३ काहुखोलाबाट नियमित बस संचालनमा रहेको छ । क्लवका अध्यक्ष क्षेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर गुरुङले गर्नुभएको थियो भने सल्लाहकार थमन गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*