Latest News

तेस्रो मिस टिन गण्डकीको ताज शिक्षा गुरुङलाई

 

तेस्रो मिस टिन गण्डकीको ताज शिक्षा गुरुङगले जितेकी छिन । १३ जना प्रतिस्पर्धीलाई उछिन्दै शिक्षा गुरुङले ताज पहिरिन सफल भएकी हुन् ।

बाहिर पानी दर्किदा पोखराको सभागृह हल भने गुन्जयमान थियो । युवतीहरु आफनो शीरमा ताज पहि¥याउन सबैलाई उछिन्ने योजनामा थिए। शेर्पा मिस टिन गण्डकी सिजन ३ को ताज पहिरिन विभिन्न उमेर समूहका युवतीहरुले शनिबार सभागृह हलको स्टेजमा ¥याम्प गर्दै आफनो प्रतिभा देखाए ।
तर १३ जना प्रतिस्पर्धीलाई उछिन्दै शिक्षा गुरुङले ताज पहिरिन सफल भईन् । उनले ताजसँगै व्यक्तिगत पुरस्कार पनि थापिन् । उनले दर्शक छनोट तथा फोटो जेनिक एवं बेष्ट हेयरको पुरस्कार समेत पाईन् । यसले पनि उनलाई ताजको हकदार बनाउन सहयोग पु¥यायो । विद्या केसीले उपविजेता बन्दै चित्त बुझाईन् । उनले पनि मोष्ट व्युटिफुलको टाईटल पाईन् । सिम्रन क्षत्री सेकेण्ड रनर अपको ताज शीरमा लगाईन् । आयोजकको रोजाईमा भने रजनी हमाल परिन ।
‘व्युटी विद बे्रन भन्ने नारासहित मिस टिन गण्डकीको तेस्रो सस्करणलाई ब्रेभ इन्टरटेनमेन्टले एकमहिनापछि ग्राण्ड फिनालीमा उतारेको थियो । जिप्सन जुम्बाले आवश्यक जुम्बा सम्बन्धी प्रशिक्षण दिएको थियो । शेर्पा बु्रर्वरीको मुख्य प्रायोजनमा सम्पन्न शेर्पा मिस टिन गण्डकी सिजन ३ को ताजसँगै ब्राण्ड एम्बेसडर बनिन् ।
विजेता युवतीहरुलाई मुख्य प्रायोजक शेर्पा बेर्बरीका प्रमुख कार्यकारी अधिकृत फुर्वा शेर्पा, विशेष अतिथि युवा व्यवसायी सिरोजविजय कोइराला, ब्रेभ इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक विजय क्षत्री, प्रालिका अध्यक्ष दिपकबहादुर गोदार, फेशन डिजनाईर एवं निर्णायक अमित बराल, मिसेज गण्डकी निलिमा हिराचन, गत वर्षकी मिसटिन गण्डकीकी विजेता अनुषा थापा तथा कार्यक्रम संयोजक विशाल क्षत्री लगायतले पुरस्कार प्रदान गरेका थिए । पुष्पाञ्जली फेशन तथा इभेण्ट प्रालिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

साभार : जक्सन डट्कम