Latest News

दुई नयाँ अनुहारसहित अनिल गुरूङको कप्तानीमा नेपाली फुटबल टोलीको घोषणा

आगामी कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट दुई नयाँ अनुहारसहित मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा डिफेण्डरहरु दीपक गुरुङ र देवेन्द्र तामाङलाई पहिलो पटक स्थान दिएको छ।

अनिल गुरुङको कप्तानीमा तीन गोलरक्षक, आठ डिफेण्डर र ६/६ जना मिडफिल्डर तथा स्ट्राइकर अन्तिम छनोटमा परेका छन्।

प्रमुख प्रशिक्षक ग्यातुकी कोजीको र प्रशिक्षक राजुकाजी शाक्य तथा गोलरक्षक प्रशिक्षकका रूपमा उज्वल मानन्धर छनोट भएका छन्।

नेपाली टोली आगामी आइतबार मलेसिया प्रस्थान गर्नेछ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूहचरणको पहिलो खेलमा कात्तिक २० गते पूर्वी टिमोरसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै दोस्रो खेलमा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ।

 नेपाली खेलाडीहरू

  • स्ट्राइकरहरुः अनिल गुरुङ, भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा र रञ्जन विष्ट छन् ।
  • मिडफिल्डरहरुः बिक्रम लामा, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ, अञ्जन विष्ट र राजेन्द्र रावल
  • डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रञ्जित धिमाल
  • गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ

साभार : सेतोपाटी डट् कम्

Nepalese football player  Anil Gurung celebrates a goal against India during their SAFF Championship football match in Kathmandu on September 5, 2013. Nepal won 2-1. AFP PHOTO / Prakash MATHEMA        (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

anil

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*