Latest News

दुध बेचेर महिनामा २२ लाख रुपैया कमाउँछन् ः इमानबहादुर गुरुङ

रोशनी गुरुङ÷पोखरा
पेशाले बैकिङ क्षेत्रका इमान बहादुर गुरुङ व्यवसायिक भैसी पालक कृषक हुन । उनी विगत २५ वर्षदेखि नबिल बैंकमा अप्रेशन इञ्चार्जको रुपमा कार्यरत छन् । पुख्यौली पेशाको रुपमा उनी भैंसी पालेको लामो समय भयो तर आधुनिक एवं व्यवसायिक रुपमा अघि बढेको भने २०७० सालबाट हो । “२५ वर्ष बैंकमा जागिर गरे कसैले चिनेन अहिले भैंसी पालेको तीन वर्षमै सबैले चिन्ने भए यसबाट नाम र दाम दुवै पाए खुशी लागेको छ” उनले भने । शुरुमा ५÷७ वटा भैसीबाट शुरु भएको उनको यो व्यवसायमा अहिले करौडको लगानी रहेको छ ।
उनले शुरुमा भैसी पाल्द एउटा भैंसीको मुल्य २५ हजार थियो । उन्नत जातको मुर्र भैसी अहिले उनको गोठमा छ, एउटा भैंसीको मुल्य हाल डेढ लाख पर्छ । ती डेढ लाखपर्ने दुधालु भैंसीको सङख्य उनको गोठमा ३०० भन्दा बढी छन् । यी भैसीहरुबाट उनले दैनिक ८०० लिटर दुध बेच्छन । लिटरको १०० रुपैयामा यी पोषिला दुध गोठैमा पनि खोसा खोस हुन्छ, बजारको माग धान्नै गाह्रो छ उनले भने । पोखरामा अहिले दैनिक २० लाख लिटर दुधको माग छ हामीले जति दुध उत्पादन गरेपनि बजारको मागलाई धान्न गाह्रो छ उनले भने । इमानबहादुरले अहिले दुध बेचेर मासिक २२ लाख रुपैंयसम्म कामाउँछन जसमध्ये कर्मचारीको पारिश्रमिक र दाना, पराल किन्दा १६ लाख रुपैंय खर्च हुन्छ । बाँकी पैसा उनले बचत गर्छन ।
यसरी नेपालको ग्रामीण भेगमा कृषि फर्म खोलेर ग्राहकलाई स्तरीय दुध उपलब्ध गराए बापत उनले यसैवर्ष मात्र गत असार १५ गते देशकै उत्कृष्ट कृषकको रुपमा राष्ट्रपतिबाट २ लाख नगद राशीको पुरस्कार प्राप्त गरे । अहिले उनको यो फर्म देशकै एक मात्र ठूलो भैसी फर्म हो । जबकी सरकारी स्त्तरबाट सञ्चालन गरिएको पोखराको भेडी फर्ममा पनि ५० वटा मात्र भैंसी रहेका छन । अहिले उनको फर्ममा ३५ जना कामदार रहेका छन उनीहरुलाई इमानबहादुर गुरुङले मासिक १२ देखि १५ हजारसम्म पारिश्रमीक दिने गरेको छ । “यो पेशा हाम्रो पुखर्यौली पेशा हो मैले त अलिकति मात्र व्यवस्थित र व्यापक गर्न खोजेको हुँ त्यस्तो खासै नौलो केहि छैन” उनले भने । गाउँमा खेतबारी बाँझै थियो काम गर्ने मान्छे थिएन मैले त्यही खेरा गएको खेतबारीमा उन्नतजातको घाँसहरु रोपे त्यसपछि विस्तारै भैंसीको सङख्य वृद्धि गरेको हुँ । तर अहिले भैंसीको सङख्य धेरै भएकोले मेरो बारीको लोकल घाँसले मात्र पुग्ने अवस्था छैन । त्यसैले नेपालको दानाले मात्र नपुगेर मैले भारतको कानपुरबाट समेत दानाहरु ल्याउछु त्यति मात्र नभएर तराईको गौर देखि बारा पर्सासम्मबाट पराल ल्याउने गरेको छु ।

कास्कीको रिभान गा.वि.स. ३ स्थायी घरभएका इमानको  भैसी गोठ भने कास्कीकै लाहाचोक ७ मा रहेको छ । लाहाचोक कृषि फर्मको नामबाट अहिले उनले व्यवसाय सञ्चालन गर्दै आएका छन । पोखराको सभागृहचोकमा रहेको नबिल बैंकमा काम गर्ने उनी लाहाचोकबाटै दैनिक आउने जाने गर्छन । “मैले व्यस्थापन मात्र गरीदिने हो काम गर्ने कर्मचारीले नै हो मैले विहान बेलुकीको समय र विदाको दिनमा गोठको कामहरु हेर्ने गर्छु तर त्यहाँ काम गर्न मलाई जागिरले गर्दा फुर्सद नै हुदैन” उनले भने ।
वि.सं. २०३९ सालमा बराहा उच्च मा.वि. भेडाबारी धितालबाट एस.एल.सी. परिक्षा उत्र्तिण गरेका इमानबहादुर गुरुङले पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन गरे भने काठमाडौको त्रिचन्द्र कलेजबाट स्नातक तहसम्मको अध्ययन गरेका छन । अध्ययन पश्चायत केहिसमय तत्कालिन पञ्चायत कालमा गाउँको अन्तिम प्रधानपञ्चको रुपमा उनले काम गरे । त्यसपछि भने उनी जागिर तिर लागे । सरल र मिजासिलो स्वभावका इमानबहादुर सिधा र प्रष्ट कुरा गर्ने व्यक्ति हुन ।
अहिले उनको गोठमा बाहिराबाट नयाँ भैसी किन्नुपर्ने अवस्था छैन तर बेला बेलामा उन्तत जातको भैसी पनि उनी साटफेर गरीरहन्छन  । अहिले उनको सिको गरे लाहोचोकमा अरु ३ वटा भैंसीगोठ स्थापना भएका छन । यसरी कृषकहरु उत्साहित भएर आउनु राम्रो कुरो हो सबैले यसरी आत्मनिर्भरको बाटो रोज्नु पर्छ, तर यो सँगै सबैले सकरात्मक सोच राख्नुपर्छ यसो गरेमा व्यवसायमा स्वच्छ प्रतिशपर्धा हुने उनले भने ।
देशकै उत्कष्ठ भैसी पालक कृषकको रुपमा सम्मानित भएपछि उनको फर्म हेर्न अहिले नेतादेखि सर्व साधारणहरु पुग्ने गरेका छन । पोखराबाट नजिकै रहेको लाहाचोकमा पुग्ने जोकोहिले धेरै कुराहरु सिक्न सक्छन । अहिले मेरो र्फम अवलोकन गर्न धेरै मान्छेहरु आउँछन कति नेताहरुलाई मैले बाटैबाट र्फकाइ दिएको छु । किन भने नेताहरुले भैसी पाल्ने होइन त्यसैले उनीहरुले हेरेर केहि फाइदा पनि छैन । बरु एउटा कृषकले त्यहाँ पुग्यो भने धेरै ज्ञान लिन सक्छन नेताले हेरेर केहि हुँदैन, मेरो कर्मचारीहरुलाई नेताको स्वागत गर्ने फुर्सद पनि हुदैन इमानले भने । पुरस्कार पाएपछि धेरै उत्साह थपिएको छ , स्थानिय स्तरमा गर्ने काम गर्नेको पनि केन्द्रमा मुल्याङकन हुदो रहेछ भन्ने लाग्यो । मैले सोचेको पनि थिएन यो क्षेत्रमा यसरी पुरस्कृत हुन्छु भनेर कृषि प्रधान देशमा मैले सानो मात्र प्रयास गर्दा उत्कृष्ठ कृषक बन्न सफल भए भने पछि अरु कृषकको अवस्था धेरै नाजुक छ जस्तो लाग्यो । पछिल्लो नेपाल सरकारले धेरै कृषि डाक्टरहरुलाई अनुसन्धानको लागि मेरो फर्ममा पठाए तर त्यसबाट मेरो फर्मले केहि लाभ लिन सकेन झनै अनुसन्धानको नाममा मेरो ३ वटा भैंसीको गर्भ खेरा गयो । त्यसैले नेपालमा प्राविधिक शिक्षाको नितीमा धेरै परिवर्तन ल्याउनु पर्ने देखियो । किताबमा पढेको ज्ञान भन्दा व्यवहारिक ज्ञान धेरै ठूलो हुन्छ । आँखाले हेरेर मात्र भैसीको अनुसन्धान हुँदैन । यदि अनुसन्धान गर्ने प्राविधिक नै पठाउने हो भने त्यही अनुसारको प्रविधि पनि निर्माण गर्न जरुरी छ इमानले भनेका छन ।

तस्विर जित गुरुङ (कार्टुनिष्ट÷फोटोग्राफर, सदस्य तमू (गुरुङ सञ्चारकर्मी संघ कास्की)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*