Latest News

धर्मकाया बुद्ध मण्डला निर्माणस्थल काहुडाडामा भुमि पुजा सम्पन्न

हुम तमु
पोखरा, २६ जेठ
भगवान बुद्धको विशाल मुर्तिसहित पोखरा लेखनाथ महानागरपालिका ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डलास्थलमा शुक्रवार भुमि पुजा सम्पन्न भएको छ ।
जेष्ठ शुक्ल पुर्णिमाको दिनमा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको आयोजनामा भएको पुजा समितिका संरक्षक साङ्पा रिम्पोछेको अगुवाईमा बौद्ध लामाहरुबाट गरिएको हो । पुजाकै लागि रिम्पोछे सिंगापुरबाट पोखरा आउनु भएको हो ।
पुजाको शुभारम्भसँगै समितिका संरक्षक साङ्पा रिम्पोछेले पुर्व जन्मको सपना अनुसार अत्यन्तै रमणीय स्थल काहुँडाडामा धर्मकाया बुद्ध मण्डला निर्माणका लागि जुरेको भन्नुभयो । उहाँले नेपालकै गौरबको परियोजना भएकाले सबैको साथ जरुरी रहेको बताउनुभयो । कार्यक्रमका बारेमा समितिका सचिव राजबहादुर गुरुङले जानकारी गराउनुभएको थियो ।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी तमु मैनाको अध्यक्षतामा भएको भुमि पुजाको अवसरमा पर्वत लामे गाँउ भई पोखरा मालेपाटन निवासी डिवी तमु, बिना तमुले १ लाख ५ हजार ५ रुपैया, साबेत गाउँ भई अमरसिंह चोक निवासी धिरबहादुर तमु, सितादेवी तमुले १ लाख १ हजार ५ रुपैया, ताञ्चोक गाँउ भई पोखरा नयाँबजार निवासी क्या.रचेबहादुर तमुले १ लाख ५ रुपैया, ताञ्चोक माझगाँउ भई पोखरा जाल्पारोड घर भई युके निवासी सुवेदार केशबहादुर तमुले ५० हजार ५ रुपैया भुमिदान स्वरुप सहयोग प्रदान गर्नुभयो । यसरी नै सहयोगकै क्रममा पवित्र तमु काठमाण्डौं ५ हजार ५, भलाम रयालेचौरकी भीमकुमारी तमुले ५ हजार ५, बुटवलकी विष्णुकुमारी तमुले ५ हजार १ सय, दीपका लेखबहादुर तमुले ५ हजार ५ रुपैया, कालावाङ घडेरीका भक्तबहादुर तमुले ५ हजार ५ रुपैया, युकेकी गीता तमुले ५ हजार ५, निता तमुले ५ हजार ५, रिता तमुले ५ हजार ५०५, बुटवलकी विष्णु तमुले ५ हजार रुपैया, घान्द्रुककी ओमकुमारी तमुले २ हजार दान गर्नुभएको थियो । पुजामा देश विदेशबाट शुभेच्छुकका साथै स्थानीयको बृहत सहभागीता रहेको थियो ।
शुक्रवारको भुमिपुजा सम्पन्न पश्चात धर्मकाया बुद्ध मण्डला निर्माणको लागि थालनी गरिने समितिका संयोजक रुद्रकुमारी तमु मैनाले जानकारी दिनुभयो ।