Latest News

धर्मकाया बुद्ध मण्डला निर्माणका लागि ८ लाख ८३ हजार रुपैया भुमिदान

हुम तमु
पोखरा, ६ बैशाख
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुडाडामा भगवान बुद्धको विशाल मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्ध मण्डलास्थलको भुमिदानका लागि सहयोगको क्रम जारी छ ।पछिल्लो पटक विभिन्न सहयोगदाताहरुले ८ लाख ८३ हजार ५१६ रुपैया धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनालाई हस्तान्तरण गरेकाछन् ।
पछिल्लो पटक घान्द्रुक गाँउ भई नयाँबजार निवासी क्या.कमल गुरुङले १ लाख १२ हजार १११ रुपैया, कुरा गाँउ भई बगर निवासी जसबहादुर गुरुङले ५१ हजार ५५१ रुपैया, कुरा गाउ घर भई हाल अमेरिका निवासी हुमादेवी गुरुङले २५ हजार ५ सय, भलाम डाडागाँउ भई हाल जापान रहनु भएकी बुद्धिकला गुरुङले २५ हजार ५ सय, कुरा गाउँ भई तल्लोदिप निवासी क्याप्टेन डम्मरबहादुर गुरुङले ५१ हजार ११०, पोखरा ११ फूलवारी घर भई जापानमा रहनुभएका आशिष गुरुङले १ लाख १ हजार १११ रुपैया भुमिदान स्वरुप सहयोग हस्तान्तरण गर्नुभएको छ ।

यसरी नै समितिकी अध्यक्ष गुरुङका अनुसार पोखरा ११ फुलवारी निवासी गमबहादुर गुरुङले १ लाख १ हजार १११ रुपैया, पोखरा १६ शान्तिदीप घर भई हाल अमेरिकामा रहनु भएका सुनिल र ज्याक्लिन गुरुङको तर्फबाट ३ लाख ३ हजार ३ सय, पोखरा १२ सिंगापुरेटोल घर भई युके निवासी डब्लुटओ पुर्ण/पुष्प गुरुङको तर्फबाट १ लाख १ हजार १११ रुपैया र सल्यान गाँउ भई पोखरा नयाँगल्ली निवासी कृष्ण/मैना गुरुङले ११ हजार १११ रुपैया भुमिदानका लागि सहयोग प्रदान गर्नुभएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*