Latest News

नयाँ गुम्बा निर्माणकाे लागि मेजर दम्पत्तीबाट रु.१ लाख सहयाेग प्रदान ।

२०७४ बैशाख ५

सदन परिसरमा बन्न लागि रहेकाे प्रस्तावित नयाँ गुम्बा निर्माणकाे लागि अार्थिक सहयाेग गर्ने क्रममा वेलायत निवासी मेजर जय बहादुर गुरुङ्काे परिवारबाट रु. १ लाख सहयाेग प्राप्त भएकाे छ ।

पुरानाे गाउँ पुम्दी भुम्दी तथा पाेखरा लेखनाथ १७, पार्दी विराैटा,शान्ती टाेल स्थायी घर भर्इ हाल सपरिवार वेलायत स्थित रिडिङ्गमा बसाेवास गर्दै अाउनु भएका भुम्दीकाेट समाज यूकेका अध्यक्ष तथा बिसिसी यूकेमा अावद्ध ट्रष्टी मेजर जय बहादुर गुरुङ्ग र उहाँका धर्मपत्नि श्रीमती रामकुमारी गुरुङ्गले सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ्गलार्इ नयाँ गुम्बा निर्माणकाे सहयाेगार्थ रु.१ लाखकाे चेक हस्तान्तर गर्नु भएकाे हाे ।

साेही अवसरमा मेजर गुरुङ्गका श्रीमती रामकुमारी गुरुङ्ग सदनमा स्थापित ञयूङ्नी अामा समूहकाे अाजीवन सदस्य बन्नु भर्इ ञयूङनी गुठीकाे लागि सहयाेगार्थ रु. २५ हजार समूहका अध्यक्ष श्रीमती पञ्च कुमारी गुरुङ्गलार्इ हस्तान्तरण गर्नुभयाे ।

मंगलबार सदनकाे कार्यालयमा अाउनु भर्इ सहयाेग प्रदान गर्नुभएका सहयाेग दाता मेजर गुरुङ्ग दम्पत्तीलार्इ सदनका भूपू संस्थापक अध्यक्ष तथा सल्लाहकार जम्दार बिल बहादुर गुरुङ्ग र ञयूङ्नी अामा समूहका अध्यक्ष श्रीमती पञ्चकुमारी गुरुङ्गले खदा लगार्इ सम्मान गर्नुका साथै अध्यक्ष क्या.भुवनसिं गुरुङ्गले नयाँ वर्ष २०७४ सालकाे हार्दिक शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभयाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*