Latest News

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

न्यूयोर्क– अमेरिकाको न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ ।
लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत ब्युटिसियन तथा सिलाई तालिम शुरु गरिएको हो ।
न्यूयोर्क म्यानहाटनस्थित एम नेल्स एण्ड स्किन केयरकी सञ्चालक मुनाको सहयोगमा काठमाडौंस्थित पुराना कांग्रेस नेता तथा ट्रेड युनियन अभियन्ता आत्माराम पौडेलको संयोजनमा गत माघ ३ गते बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतको कपनमा उक्त प्रशिक्षण शुरु गरिएको हो ।
दुई जना प्रशिक्षकका साथै तालिमलाई आवश्यक सम्पूर्ण सामग्रीसहित गत सोमबार स्थानीय कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तालिम केन्द्रको उद्घाटन गरे । उद्घाटनपछि स्थानीय १० जना महिलाले सिलाई प्रशिक्षण शुरु गरेको प्रशिक्षण केन्द्रका संयोजक आत्माराम पौडेलले बताए ।
सिलाई प्रशिक्षण तालिम ६ महिनाको हुनेछ । न्यूयोर्कमा महिलाहरुको प्रोत्साहनमा विविध प्रकारको सहयोग उपलब्ध गराउँदै आएकी मुना राई गुरुङले नेपालका महिला दिदीबहिनीहरुको सीप विकासमा केही सहयोग गर्न पाएकोमा अति नै खुसी लागेको बताइन् ।
साभार : रातोपाटी डट कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*