Latest News

पक्षघात पीडित गुरुङलाई तमु समाज कतारको आर्थिक सहयोग

हुम तमु, पोखरा, २ कार्तिक

कतारमा विगत लामो समयदेखि रोजगारीकै क्रममा पक्षघात पीडित भई नेपाल फर्कनु भएका कास्की जिल्ला भरतपोखरी डाँडा गाउँ सुर्ताने निवासी टेकबहादुर गुरुङलाई तमु (गुरुङ) समाज, कतारले ५२ हजार एक सय त्रिपन्न रुपैया सहयोग गरेको छ ।

घर बिदामा नेपाल आउनुभएका तमु(गुरुङ) समाज कतारका प्रमुख संरक्षक बिलबहादुर गुरुङ र सल्लाहकार बुद्ध गुरुङले समाजको तर्फबाट उक्त रकम भरतपोखरी सुर्तानेमा आयोजित एक कार्यक्रममा बिरामी टेकबहादुर गुरुङसहित धर्मपत्नी कृष्ण कुमारी गुरुङ, दाइ यामबहादुर गुरुङ, भाई बुहारी ईन्द्रकुमारी गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

रोजगारीकै क्रममा कतारमा विरामीका कारण कतारस्थित हमाद हस्पिटलमा केही दिन उपचार गर्नु भै नेपाल फर्कनुभएका विरामी गुरुङको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा सहयोग पुगोस भनी तमु (गुरुङ) समाजको तर्फबाट सहयोग गरेको भन्दै प्रमुख संरक्षक बिलबहादुर गुरुङले वहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

पक्षघात पीडित टेकबहादुर गुरुङलाई थप उपचारको आवाश्यक र आर्थिक अवस्था कमजोर भएकाले तमु (गुरुङ) समाज, कतारका अध्यक्ष खेम गुरुङले पीडित गुरुङलाई सक्दो सहयोग गरि दिन हार्दिक अपील गर्नुभएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*