Latest News

पत्रकारिता पुरस्कारका लागि जिसस लमजुङद्वारा २ लाख सहयोग

श्रावण ५, २०७४-

जिल्ला समन्वय समिति लमजुङले ‘विकास खोज पत्रकारिता पुरस्कार’को अक्षयकोष स्थापना गर्न २ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको मातहातमा रहने गरी स्थापना गरिएको पुरस्कारको अक्षयकोषका लागि विनियोजित २ लाख रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिले गर्दै आएको नियमित पत्रकार भेटघाटका क्रममा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले पत्रकार महासंघ जिल्ला अध्यक्ष आश गुरुङलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । महासंघले अक्षयकोषको प्राप्त ब्याजबाट जिल्लामा क्रियाशील १ जना पत्रकारलाई हरेक वर्ष नगद १० हजार १ सय १ रुपैयाँसहित पुरस्कृत गरिने जनाएको छ । अध्यक्ष गुरुङका अनुसार पुरस्कार हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर प्रदान गरिने छ ।

स्थानीय विकास अधिकारी सिग्देलले जिल्लाको पत्रकारितालाई थप मजबुत बनाई पत्रकारको क्रियाशीलतामा वृद्धि गर्न र पत्रकार महासंघको क्षमता विकासलाई थप सुदृढीकरण गर्न अक्षयकोष स्थापनाको सुरुआत गरेको बताए । महासंघका अध्यक्ष आश गुरुङले अहिले स्थापना गरिएको २ लाख रुपैयाँको अक्षयकोषलाई आफू नेतृत्वको समितिले १० लाख रुपैयाँसम्म पुर्‍याउने घोषणा गरे । उनले अक्षयकोषका लागि सहयोग गर्न समेत आग्रह गरे ।

साभार : इकान्तिपुर डट्कम

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*