Latest News

प्हच्यु तमु परिवार नेपालको चौथो वाषिक उत्सव तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न

तमुमै ता डटकम
पूनम तमु
पोखरा,चैत्र १५ मंगलबार

“प्हच्यु परिवारको सान पुख्यौली इतिहासको अध्ययन” भन्ने मुल उद्देश्यका साथ मूलकभरी छरिएर रहेका पहच्यु तमुको साझा संस्था पहच्यु तमु परिवार नेपालको चौथो स्थापना दिवस,चेलिबेटी भेटघाट एवम विविध सांस्कृतिक कार्यक्रम तमु प्ये ल्हु संघ फ.ली.ना क्होइवो,शक्तिघाट रानीपौवा-११ पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि मेजर स्पोन्सर दिलमाया टू तमु रहनुभएको थियो । कार्यक्रमको सुरुवात राष्ट्रिय गीत र प्ये ता ल्हु ता गीतबाट गरीएको थियो ।

कार्यक्रमको सभाध्यक्ष क्याप्टेन टम बहादुर प्हच्यु तमुले पित्रीको नाममा धुपहाली, प्रमुख अतिथि दिलमाया टू तमु र बिशेष अतिथी तमु ह्यूला छोज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम पहच्यु तमुले दीप प्रजलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा तमु चलचीत्रकर्मीहरु प्रितम प्हच्यु तमु, गुन्ज बहादुर प्हच्यु तमु, संगीतकार\गायक दुर्गा बहादुर प्हच्यु तमु,
लोक दोहोरी गायक गायिकाहरु शर्मिला प्हच्यु तमु, दुर्गामाया प्हच्यु तमु, सविना प्हच्यु तमु, ह्युम प्हच्यु तमु, राजु प्हच्यु तमु, सागर प्हच्यु तमु, नरजङ प्हच्यु तमु, शंकर बिरही प्हच्यु तमु, नित्य निर्देशकहरु राजु  प्हच्यु तमु, बिशाल प्हच्यु तमु, नायिकाहरु प्रेमा प्हच्यु तमु, इन्दु प्हच्यु तमु, नायक खेम प्हच्यु तमु लगायत उचित शिक्षा हासील गर्नुभएको डाक्टर,इनीजिनियर र स्यो कै कार्यक्रममा प्रायोजकहरुलाई प्रमाण पत्रबाट सम्मान गरीएको थियो ।

कार्यक्रममा बिशीष्ट्  अतिथि अध्यक्ष तमु ह्यूला छोज धी गुरुङ राष्ट्रिय परिषदका रेशम प्हच्यु तमुले बोल्नुहुदै तपाईहरुको साथ, सम्मानप्रति धन्यवाद ब्यक्त गर्दै भोलीको दिनहरुमा हाम्रो हिजोको  पुर्खाले के गरेका थियौ भनेर इतिहास खोज्नु महत्वपूर्ण कुरा रहेको र अबको नया पिडिलाई कुन बाटोमा हिडाउने हो भन्ने कुरापनी त्यतिनै महत्वपूर्ण रहेको हुदा सबैले ध्यान दिनुहुन आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका सभाघ्यक्ष केप्टेन टम बहादुर प्हच्यु तमुले बोल्नुहुदै चौथो वाषिक उत्सव तथा चेलिबेटी भेटघाट कार्यक्रम सफल भएको भन्दै कार्यक्रम सफल पार्नुभएकोमा पहच्यु परिवारको नामको उत्थानको लागि आर्थिक,नैतिक र भौतिकले सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्दै अबको दिनमा पनि सहयोग,सदभाब र् उपस्थित रहने आशिर्वाद दिदै अर्को सालमा पनि यस्तो कार्यक्रम गर्ने प्रतिबद्ता जाहेर गर्नुभएको छ ।

कार्यक्रममा चौथौ उत्सव तथा चेलिबेटी भेटघाट कार्यक्रमका मेजर स्पोन्सर दिलमाया टू तमुलाई छरीएर रहेका एउटै  पुर्खाका संतान पहच्यु दाजुभाईहरुलाई संगठित बनाउदै एक आपसमा अझ प्रदान प्रकट सम्बन्ध स्थापित गरी साँझा संगठन भित्र गोलबंद गर्ने उद्देश्यका साथ संस्थाको विधान बमोजिम रु.१लाख ५हजार ५सय रुपैया दिनुभई परम संरक्षक सदस्यता लिनु भएकोमा हार्दिक बधाईका साथ  प्रशम्सा पत्र र क्रमुले सम्मान गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमपछी प्हच्यु युवाहरुको धेरै सहभागीताले साङ्गितिकमय बनेको थियो भने  राष्ट्रिय अन्तराष्ट्रिय ख्याती प्राप्ती कलाकारहरुबाट बेजोड दोहोरीले कार्यक्रममा छुटटै रमाइलो वातवरण बनेको थियो । कार्यक्रममा चिट्ट्टा कार्यक्रममा आयोजना गरेको थियो ।   कार्यक्रममा  प्हच्यु परिवारहरुको  बृहत् सहभागिता रहेको थियो ।

कार्यक्रमको सन्चालन महासचिब मीम बहादुर तमु र युवा सल्लाहकार/संयोजक थमन प्हच्यु तमुले गर्नुभएको थियो ।
स्वागत वरीस्ठ उपाध्यक्ष नारायणसिङ्ग प्हच्यु तमुले गर्नुभएको थियो भने कार्यक्रम सभाघ्यक्ष केप्टन.टम बहादुर प्हच्यु तमुको अध्यक्षतामा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*