Latest News

पाँचौ मिस तमूस्योको उपाधी स्याङ्जाकी निशा तमूस्योलाई

 रोशनी तमू, पोखरा, ९ असोज

नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीको आयोजनामा पोखरामा सम्पन्न मिस तमूस्यो नेपाल–२०७३ को ताज स्याङ्जाकी निशा तमुस्योले पहिरिन सफल हुनुभएको छ । उपाधीसँगै निसाले वेष्ट फोटो जेनिक तथा मिस टयालेन्टको उपाधी पनि जित्नु भएको छ । पोखरा सभागृहमा खचाखच भरिएको दर्शक माझमा शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना अन्य १८ जना प्रतिष्पर्धीलाई उछिन्दै निशाले ५० हजार नगद, एक साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन पाउन सफल हुनु भएको छ । प्रतियोगितामा कास्कीकी स्यारोन तमुस्यो फष्ट रनर अप हुनुभयो त्योसँगै स्यारोनले मिस पर्सनालीटिको उपाधी पनि जित्नु भएको छ । स्यारोनले ३० हजार नगद र क्राउन पाउन सफल हुनभयो । यस्तै कास्कीकै सोयसा तमुस्यो सेकेण्ड रनर अप हुन सफल हुनभएको छ । योसँगै उहाँले वेष्ट वाल्कको पनि उपाधी जित्नु भएको छ । सोयसाले २० हजार नगद र क्राउन प्राप्त गर्नुभएको छ । देशभरका १९ जना प्रतियोगिले भाग लिएको सो प्रतियोगितामा वेष्ट कम्प्लेक्शनको उपाधी सिम्रन तमू (पर्वत), मिस पपुलर तथा भ्युवर च्वाईस प्रिती तमू (घान्द्रुक कास्की), वेष्ट फिगर बबिता तमू (लमजुङ), वेष्ट स्माइल तथा मिस जक्शन पपुलर सुमन तमू (चितवन), वेष्ट हेयर उमा तमू (स्याङजा), वेष्ट तमू ल्याङ्गवेज सम्झना तमू (पसगाउँ लमजुङ), मिस फेन्डली तुलसी तमू (सिक्लेस कास्की), मिस कन्फिडेन्ट सुबु तमू (गोर्खा)ले उपाधी जित्नु सफल हुनुभएको छ । प्रतियोगितामा मिस प्रोत्साहनको उपाधी पेमा तमू झापालाई प्रदान गरिएको छ । प्रतियोगिताका निर्णायकहरूमा पूर्व मिस नेपाल नीलिमा गुरुङ, चलचित्र निर्देशक रामबाबु गुरुङ, पूर्व मिस तमुस्यो बुद्धिलक्ष्मी गुरुङ तथा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ रहनुभएको थियो । “मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान” भन्ने मूल नाराका सम्पन्न ग्राण्ड फिनालेका लागि देशभरबाट छनौट भइ १९ जना तमु युवतीले एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए । प्रतियोगिताको श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले तमु जातिको मौलिक खेमा पूजा गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले अहिलेको पुस्ताको प्रतिभा र जाँगर देखेर आफूलाई गर्व लागेको भन्दै यस्ता प्रतिभाहरुको उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार धौलागिरि भ्यू होटल धम्पुस, फष्ट रनर अप हरि तमु हङकङ र सेकेण्ड रनर अपको उपाधि पुरस्कार पोखरा फाइनान्सले गरेका थिए भने एक साताको हङकङ यात्राको प्रायोजन दुर्गा तमु ‘मिलन’, हरि तमु, तिलक तमु र युवराज तमुले गर्नुभएको थियो । कार्यक्रम नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष धनु तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।tamusyo-2 tamusyo-3 tamusyo-4 tamusyo-7 tamusyo-8 tamusyo-9 tamusyo-10 tamusyo-11tamusyo-12 tamusyo-13