Latest News

पृथ्वीसुब्बाको पहिलो निर्णय: उज्यालो प्रदेश कार्यक्रम घोषणा

पोखरा, ४ फागुन ।

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार बसेको पहिलो मन्त्रीपरिष्द बैठकमा उज्यालो कार्यक्रम घोषणा गरि दुईवर्षभित्र सबै गाउँमा विजुली पुर्याउने निर्णय गरिएको छ ।
साथै, २ वर्षभित्र सबै गाउँमा पिउने पानी पुर्याउने, ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र पुग्ने सडक स्तरोन्नती गर्ने निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यसैगरी ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने, प्रदेशमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय पनि भएको छ ।
जातीय पहिचान झल्किने गरी बहुसांस्कृतिक गाउँहरु निर्माण गर्ने, सरकारको कार्यसम्पादनलाई छिटो छरितो र जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासन प्रणाली सुरु गर्ने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।मुख्यमन्त्री गुरुङले शुक्रबार बिहान सपथग्रहण गरि शुक्रबार नै मन्त्रीमण्डल गठन गरेका थिए ।

साभार ;दैनिक नेपाल