Latest News

‘पैको नास’ (पसगाउँ)

कृष्ण तमु

क्होला सोथर गाउँपालिका वडा नं ६ अन्तर्गत पर्ने पसगाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण अति रमणीय सुन्दर गुरुङ् बस्ती हो । भौगोलिक रुपमा समुन्द्री सतहदेखी करिब १६५० मिटर उचाईमा अवस्थित रहेको यो रमणीय गाउँ आफनो कला,भेषभूषा,चालचलन,रहनसहन,रीतिरिवाज साथै परम्परालाई बचाई राख्न सक्रिय भई लागि परेको देखिन्छ । आफनै गुरुङ् भाषामा यस गाउँलाई ‘पैको नास’ भनिन्छ । ‘पै’ र ‘को’ २ वटा अक्षरको आ-आफनै अर्थ लाग्दछ ।’पै’ भनेको फलाम र ‘को’ भनेको डाँडाँ भन्ने अर्थ लाग्दछ ।

पसगाउँ प्राकृतिक  सम्पदाले भरिएको गाउँ हो । यस् गाउँमा करीब २०० घरधुरी रहे पनि हाल बसाईसराईको कारणले घरधुरी पहिलेको भन्दा कम हुदै गएको छ । यस गाउँमा ९०-९५ प्रतिशत गुरुङ् जातिको बसोबास रहेको पाइन्छ । गुरुङ्हरूको संस्कृति र संस्कारमा धनि गाउँ पसगाउँले अहिलेसम्म पनि आफूलाई बिशुद् गुरुङ्ग संस्कार र संस्कृति बोकेको गुरुङ्ग गाउँको रुपमा स्थापित गराउन सफल रहेको छ । यस गाउँको मुख्य पेशा कृषि भए पनि बाध्यता र परिस्थितिले युवा शक्ति बैदेशिक रोजगारीको लागि पलायन भैईरहेको ज्वलन्त उदाहरण यस गाउँमा पनि बिधमान छ ।

यहाँको बनजंगलमा बिभेंन्न्न थरिका बहुमूल्य जड़ीबुटिहरु पाईनुका साथै स्थानीय ढुङ्गाखानीबाट निकालिएको ढुङ्गा गाउँटोल र वरिपरिका गाउँहरुबाट बिक्री गरी आर्यआर्जन गर्ने गरिन्छ । गुरुङहरुको संस्कृतीबाट लोपन्मुख अवस्थामा रहेको सतिघाँटू, सोरठी नाच, सारंगी नाच जस्ता संस्कृति अझैपनि जीवित राख्न आजसम्म पसगाउँवासीहरु सक्रिय र सफल छन् । आन्तरिक तथा बाह्य पर्यटन  प्रबर्धन लागि यस गाउँमा बर्षौदेखि होमस्टेको व्यवस्था गरिएको छ । पोखराबाट दुईवटा बाटो पसगाउँ पुग्न सकिन्छ भने, बेशीसहरबाट पनि पसगाउँ पुग्न सकिन्छ ।
यस गाउँमा एक मा.वि.,एक बाल शिशु स्याहार केन्द्र, पौढ शिक्षा, स्वास्थ चौकी, बौद्ध गुम्बा मुक्तिनाथ बचत संस्था, स्वच्छ खानेपानी, टेलिफोन साथै संयुक्त सुरक्षा वेस क्याम्प रहेको छ । पसगाउँ जलबिधुत आयोजनाको कारणले गाउँ नै झिलिमिली भएको छ  ।

यसैगरी सडक निर्माणको कार्य पनि गाउँ नजिक सम्म पुगिसकेकोछ । यस गाउँका बुद्धिजिबी बाबा समुह, आमा समुह, युवा कलब पनि विभिन्न सरकारी साथै गैरसरकारी संस्थाहरुसँग हातोमालो गर्दे आफनो गाउँलाई पर्यटकीय गाउँ बनाउन  र गाउँको चौतर्फी विकासका लागि रचनात्मक कार्यहरु गर्दे रातदिन अगाडी बढीरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*