Latest News

पोखरामा अर्को आधुनिक गुम्बा बन्ने

पोखरा, १० असार/पोखरा लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनमा आधुनिक र सुविधा सम्पन्न गुम्बा निर्माणका लागि तयारी थालिएको छ । गुम्बा निमार्णका लागि पाँच करोड ५० लाख सङ्कलन समेत भईसकेको छ ।

चालिस वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँघुरो र भूकम्पले क्षतिग्रस्त बनाएकाले करिब १० करोडको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । उक्त रकम स्वदेश तथा विदेशमा बस्ने गुरुङ समुदायबाट उठाउने लक्ष्य छ ।

उनका अनुसार, निर्माणमा हुने कुल खर्चमध्ये दुई करोड २५ लाख पनि गुरुङ समुदायका विभिन्न सामाजिक संस्थामा प्राप्त भइसकेको र छिट्टै बौद्ध अघौँ सदनलाई हस्तान्तरण हुने विश्वास व्यक्त गरे । गुम्बा निर्माणका लागि थप रकम जुटाउन अन्य बौद्ध धर्मावलम्बी ताङ्गवे, थकाली, तामाङ, ह्याल्मो र मगर समाजसँग पनि आग्रह गरिने बताइएको छ ।

बुद्धको मूर्ति बनाउन पोखरा–लेखनाथ–८ न्युरोड निवासी हर्कबहादुर गुरुङले २३ लाख र विशिष्ट बुद्ध गुरुहरु बस्ने अतिथिगृह निर्माणका लागि रामघाट निवासी विजय गुरुङले १० लाख सहयोग गरेका छन् ।

गुम्बा निर्माणका लागि बेलायत र हङकङ बस्ने गुरुङ दाजुभाइ तथा दिदीबहिनीले क्रमशः एक करोड र २० लाख सहयोग गरेको बताइएको छ । रकम सङ्कलन भइसके पनि भूकम्प, नाकाबन्दी र स्थानीय तहको निर्वाचनका कारण केही ढिला भएको र अब सबै समस्या समाधान भइसकेकाले निर्माण तुरुन्तै सुरु गरिने अध्यक्ष गुरुङले जानकारी दिए । यसका लागि नक्सा, बोलपत्रबाट ठेकेदारको छनोट र जग्गाको माटो परीक्षण समेत भइसकेको छ ।

साभार ;गन्थन डटकम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*