Latest News

पोखरामा गुरुङ फिल्म ” मैरिमो ” कार्तिक २४ गते प्रदर्शन

 रिता गुरुङ
” तमुमै ताँ “
      बैदेशिक रोजगारका लागि युवा बिदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षाको लागि शहर पस्ने क्रम बढ्दै गएपछि अहिले नेपालका ग्रामिण बस्तीहरुमा पातलिदै गएका छन् | जसले गर्दा गाउँको सामुदायिक बिद्यालयमा समेत बिद्यार्थी घट्दै गएको छ | यस्तै बिषयलाई समेटिएर मुनाल फिल्म्सको ब्यानरमा निर्माण गरिएको गुरुङ फिल्म ” मौरिमो ” आगामी कार्तिक २४ गतेबाट पोखरा स्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ | फिल्मले आफ्नो गाउँको सामुदायिक बिद्द्यालयमा बिद्दार्थी संख्या बढाउन प्रमुख पात्रले गरेको प्रयासलाई बिषयबस्तु बनाइएको छ |
         भाषिक फिल्मको लागि यो एउटा चुनौतीको काम हो । त्यहि भएर धेरै गुरुङ फिल्ममेकरहरु समुदाय बाहिर आउन खोज्नुहुन्न ।’ फिल्मका निर्देशक भोजबहादुर गुरुङले भने–‘यद्यपी फिल्मको भाषा हुँदैन भन्ने तथ्यलाई मान्दै हामी अन्य दर्शकको माझमा पनि फिल्मलाई लैजाने प्रयास गरेका हौँ ।’ गुरुङ फिल्म उद्योगको २० वर्षे ईतिहासमा हेर्ने हो भने भाषिक फिल्मलाई यस अगाडि पनि नियमित रुपमा नदेखाईएको भने होईन । तर यसअगाडि प्रदर्शनमा आएका केहि फिल्महरु व्यवसायिक रुपमा उति सारै अब्बल देखिएनन् । ‘हामी पनि व्यवसायिक रुपमा सफल हुन्छौँ भन्ने दाबी गर्दैनौँ । तर यो एउटा सँस्कारको शुरुवात हो ।’ फिल्मका कार्यकारी निर्माता बालकाशी गुरुङले भनिन्–‘यसले भाषिक फिल्महरुको बजार बिस्तारमा सहयोग पु-याउनेछ ।’
          यो फिल्मको पनि अन्य गुरुङ भाषाका फिल्मजस्तै च्यारिटी शोहरु भैसकेको छ । अमेरिकामा ३ शो भैसकेको यो फिल्म यूकेमा एक शो भएको निर्माण यूनिटले बताएको छ । र, नेपालको चितवन पनि यो फिल्मको च्यारिटी शो केहि समय अगाडि भएको थियो । अझै यो फिल्म अन्य मुलुकहरुमा च्यारिटी शोमार्फत दर्शकलाई देखाईने निर्देशक भोजबहादुर गुरुङले बताए ।              “मैरिमो ” को पहिलो प्रिमियर शो अमेरिकामा भएको थियो | त्यस प्रिमियर शो मा धेरै भन्दा धेरै गुरुङहरुको सहभागिता भएको जनाएको छ | त्यस पहिलो प्रिमियर शो बाट उठेको रकमबाट फिल्मका निर्माता श्री प्रेम गुरुङज्युबाट पर्बत भोक्सिंग सर्बूडांडा चिती – ५ का नेपाली बैज्ञानिक आविष्कार श्री राजन गुरुङज्युलाई सहयोग स्वरुप रू १००,०००|- प्रदान गर्नुभएको थियो |
           मुनाल फिल्म्सको ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । छायांकन लमजुङको मालिङ गाविसको सैलुङ गाउँमा भएको हो । केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा/संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर भरेका छन् । फिल्मका निर्माता प्रेम गुरुङ र सपना गुरुङ हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*