Latest News

पोर्चुगलमा चम्किएको एउटा नेपाली, जो सँग छ, नेपाली पन र नेपाली मन

४ – मंसिर

विदेशमा बसेर पनि नेपाल र नेपालीको बारे चिन्ता गरिरहने एउटा सहयोगी नाम – कमल गुरुङ । सन् २००६ मा पोर्चुगल पुग्नुभएका गुरुङ अहिले ग्र्याव जव संस्थाका सिइओ हुनुहुन्छ । यो युरोपियन बहुराष्ट्रिय कम्पनी हो । जसमार्फत रोजगारीको खोजी गरिरहेकाहरुले रोजगार बन्ने अवशर पाइरहेका छन् । समाजसेवा, मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि गुरुङको चर्चा चुलिदै गएको छ । एनआरएन पोर्चुगलका युथ संयोजक, तमु समाज पोर्चुगलका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न व्यवसायमा समेत आबद्ध हुनुहुन्छ ।

हेयर सैलुन, मनी ट्रान्सफर्मर, होस्टेल, बुटिक लगायत विभिन्न व्यवसाय मार्फत उहाँले ३ सय ५० जना भन्दा बढीलाई पोर्चुगलमा रोजगारी दिइ रहनुभएको छ ।  काठमाडौंको लाजिम्पाटमा जन्मिनुभएका गुरुङले काठमाडौंमै एसएलसीसम्मको शिक्षा आर्जन गर्नुभयो । भारतको देहरादुनबाट उच्च शिक्षा हासिल गर्दै नेदरल्याण्ड पुग्नुभएका गुरुङले त्यहीबाट विजनेश म्यानेजमेन्टमा युनिभर्सिटी शिक्षा हासिल गर्नुभयो ।

विभिन्न नेपाली कार्यक्रममा नेतृत्वको भूमिका निर्वाह गर्दै आउनुभएका गुरुङले नेपालमा गएको विनाशकारी भूकम्पमा पनि सहयोगी हात अघि बढाउनुभएको थियो । अब्रिगादो पोर्चुगल मस तामबेम नेपाल नामक संस्था मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग गर्नुभएका उहाँले रोइरहेको नेपाली मनमा आशाको उर्जा भर्ने काम गर्नुभयो । पोर्चुगलमा बसेर नेपाली भाषा र संस्कृति प्रवद्र्धन गर्ने काम जारी राख्नुभएका गुरुङ, पोर्चुगलमा एसियाकै पहिलो व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । सांस्कृतीक कार्यक्रममा पोर्चुगिष्ट सँग मिलेर नेपाल चिनाउने तथा नेपालको पर्यटन प्रबद्र्धनमा समेत उहाँको सक्रिय सहभागिता रहेको छ । विश्वका जुन कुनै कुनामा भएपनि नेपाल मामिलामा चासो राख्ने र समाचारहरुमा निरन्तर अपडेट रही रहने वानी उहाँको छ ।

हातमा मोवाइल साथमा पोर्चुगल भाषा

नेपाल र पोर्चुगलको हावापानी मिल्दोजुल्दो भएको भन्दै गुरुङले देशले सकारात्मक फाईदा लिन कोसिश गर्नुपर्ने बताउनुभएको छ । पोर्चुगलमा बोल्ने पोर्चुगेली भाषामा पोख्त गुरुङ आफैले अहिले पोर्चुगलबाट नेपाली भाषामा ट्रान्सलेट गर्ने सफ्टवेर समेत विकास गर्दै हुनुहुन्छ । सबै प्रविधिमैत्री भए मात्र सहयोग आदानप्रदान सहज हुने उहाँको विश्वास रहेको छ ।

पोर्चुगल बारे गुरुङको बुझाई : 

पोर्चुगलका मान्छे सहयोगी हुन्छन् । हावापानी नेपालको जस्तो, एकदमै व्यवस्थित र सहज वातावरण । युरोपियन मुलुक, त्यहाँबाट अन्य युरोपियन देशहरुमा आवतजावत गर्न सजिलो छ ।

नेपाल पोर्चुगलबीचको सम्बन्धमा समेत गुरुङ जानकार छन् । ब्यापार सम्बन्ध – कृषी व्यावसाय, इन्फास्टक्चर, पोर्चुगलबाट नेपालमा उच्चस्तरिय भ्रमण, पर्यटन व्यावसाय पोर्चुगलको मुख्य व्यवासाय हो । पोर्चुगलको सिको गर्न सके नेपाली पर्यटन पनि फस्टाउन सक्छ । नेपालसँग पनि पर्यटनको अथाह सम्भावन छ । तर संभावना भएपनि यसको उचित व्यवस्थापन हुन सकेको छैन । पोर्चुगलबाट सिकेर यहाँ प्रयोग गर्ने हो भने पर्यटन व्यावसाय निकै फलदायी हुनेछ । पुराना कुरा, पूरातात्वीक महत्व बोकेका सामानहरुको संरक्षण पोर्चुगलमा राम्रोसँग भएको छ । अहिले पोर्चुगलमा १० देखि १२ हजार नेपाली बसोबास गर्छन् । यसले पनि पोचुगल र नेपालबीचको सम्बन्धलाई थप नजिक ल्याएको छ । पोर्चुगल जस्तै हरेक कुराको व्यवस्थापन गर्दै नागरिकमा जागरण बढाउन सके नेपालको परनिर्भरता कम गर्न सकिने विश्वास गुरुङको छ ।

साभार : अफलाइनखबर नेपाल डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*