Latest News

प्रतिभावान विद्यार्थी राजन गुरुङलाई तमु समाज ब्रुनाईबाट सहयोग

हृुम तमु

पोखरा, ३० कार्तिक

प्रतिभावान विद्यार्थी राजन गुरुङलाई तमु समाज ब्रुनाईले १ लाख ३४ हजार ७७४ रुपैया सहयोग गरेको छ ।

तमु सञ्चारकर्मी संघ कास्कीद्धारा पोखरामा आयोजित कार्यक्रममा विभिन्न आविष्कारहरु गरिसकेका प्रतिभावान विद्यार्थी राजन गुरुङलाई  उच्च शिक्षामा सघाउन तमु समाज ब्रुनाईद्धारा संकलित १ लाख ३४ हजार ७७४ रुपैया समाजका प्रतिनीधि डब्लु वान मुक्ति गुरुङले राजन गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिभावान विद्यार्थी राजन गुरुङ आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट बञ्चित भएको जानकारी सामाजिक सञ्जाल फेसबुक लगायत सञ्चार माध्यमहरुबाट जानकारी प्राप्त पश्चात पोखरा फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले पुर्ण छात्रवृत्तिमा इञ्जिनिरिङ अध्ययनको अवसर प्रदान गरिसकेको छ । यसरी नै राजनको अध्ययनमा सघाउन स्वदेश तथा विदेशका विभिन्न संघ संस्था, महानुभावहरुले सहयोग गरिसकेकाछन् । आर्थिक समस्याका कारण एसएलसी उतिर्ण गरेपनि उच्च शिक्षा हासिल गर्न पाँच वर्ष बञ्चित भएका थिए ।

पर्वत जिल्लाको भोक्सिङ गाउँको राजनले सेन्सरबाट संचालन हुने हेलिकप्टर,रोबोट, केबलकार, क्यामरा, गाडी लगायतका ६० भन्दा बढी निर्माण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्नु हुदै तमु समाज ब्रुनाईका प्रतिनिधी, डब्लु वान मुक्ति गुरुङले आर्थिक अभावका कारण विभिन्न आविष्कार गरिसकेका प्रतिभावान राजन गुरुङले उच्च शिक्षा हासिल गर्न नपाएको सञ्चार माध्यमहरुबाट जानकारी पाए पश्चात आफुहरुको तर्फबाट केही सहयोग गर्नुपर्छ भनी रकम संकलन गरी उच्च शिक्षाका लागि सघाएको बताउनुभयो ।

कार्यक्रम तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङको अध्यक्षता र सहसचिव सुरोज गुरुङको सञ्चालनमा भएको थियो भने सदस्य युग गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै राजनको बारेमा जानकारी गराउनुभएको थियो  ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*