Latest News

प्रतिभाशाली राजन गुरुङको अध्ययनका लागि चलचित्र मैरिमो प्रदर्शन गरी एक लाख सहयोग

 

हुम तमु

पोखरा, १३ असार

प्रतिभाशाली राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा गुरुङ चलचित्र मैरिमो प्रदर्शन गरी एक लाख रुपैया सहयोग गरिएको छ ।

तमु सञ्चारकर्मी संघ कास्कीद्धारा आयोजित कार्यक्रममा चलचित्रका निर्माता तथा कलाकार प्रेम गुरुङले अमेरिकामा मैरिमो चलचित्र प्रदर्शन गरी वचत मध्ये एक लाख रुपैया प्रतिभाशाली राजन गुरुङलाई उच्च शिक्षा अध्ययनका लागि नारायण गुरुङ र लिलामाया गुरुङ मार्फत मंगलवार हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै राजन गुरुङले सहयोगी मैरिमो चलचित्रका निर्माता तथा कलाकार प्रेम गुरुङसहित टिमलाई धन्यवाद व्यक्त गर्नुहुदै सहयोग अध्ययन अनुसन्धानमा पुर्ण सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण गर्नुभएका नारायण गुरुङले अमेरिकामा ४ शो प्रदर्शन गरिएको मैरिमो चलचित्रको कथाबस्तु पनि शिक्षालाई जोड दिने रहेको बताउनुहुदै राजन गुरुङको प्रतिभाले सबैलाई प्रेरित गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिभाशाली राजन गुरुङलाई उच्च शिक्षाका लागि अध्ययन सहयोग अभियानका संयोजनकर्ता ह्वाईट लोटस स्टुडियोका संचालक युग गुरुङले राजनको अध्ययनका लागि हालसम्म ९ लाख ९८ हजार ५१५ रुपैया संकलन भएकोमा २ लाख ५७ हजार ७९८ रुपैया खर्च भएको बताउनुभयो । राजनको अध्ययनका लागि पोखरा इञ्जिनियरिङ्ग कलेजले पुर्ण छात्रवृत्तिसहित अवसर प्रदान गरेकाले अबको अध्ययनकै लागि हात खुट्टा नहुदा नहुदै अहिले एस इ इ उतिर्ण गरेका चितवनका भरत गुरुङको सहयोगका लागि सहयोग अभियान संचालन गर्ने बताउनुभयो ।

मिलन फाउण्डेशनका संरक्षक दुर्गा घोताने गुरुङ मिलनले प्रतिभाशाली राजन गुरुङले अवसर र सहयोगको पुर्ण सदुपयोग गरी आफ्नो प्रतिभा प्रस्तुत गर्न आग्रह गर्नुभयो । उहाँले चितवनका दुवै हात खुट्टा नभएर पनि पढाईका लागि संघर्षरत भरत गुरुङको अध्ययन सहयोगार्थ १० हजार रुपैया युग गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

तमु संचारकर्मी संघका संस्थापक संयोजक हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव देवीजंग तमुले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सेन्सरबाट चल्ने विभिन्न ६० भन्दा बढी यन्त्रहरु निर्माण गरिसकेमा राजन गुरुङमा प्रतिभा भईकन पनि आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्न समस्या परेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*