Latest News

प्रतिभाशाली राजन तमुलाई तमु प्ये ल्हु संघ कुबेतद्वरा ५२ हजार सहयोग

तमुमै ता डटकम
पुनम तमु पोखरा,१ चैत्र

प्रतिभाशाली राजन तमुलाई उच्च शिक्षामा सघाउन तमु प्ये ल्हु संघ कुबेतद्वारा संकलित ५२ हजार रुपैया संस्थाका प्रतिनिधी खेगी अध्यक्ष गुरु इन्द्र बहादुर तमुले हस्तान्तरण गर्नुभएको छ ।

तमु प्ये ल्हु संघ कुवेतका प्रतिनिधी खेगी गुरु अध्यक्ष इन्द्र बहादुर तमुले आर्थिक कमजोरका कारण बिभीन्न अबिस्कार बनाईसकेका प्रतिभाशाली राजन तमुको उच्च शिक्षा हासिल गर्न नपाएको तमुमै ता डटकमको अभीयानबाट जानकारी पाएपछी संस्थाको तर्फबाट केहि सहयोग गर्नुपर्छ भनी रकम संकलन गरी उच्च शिक्षाका लागी हात बढाएको बताउनुभयो ।

 

यसरी नै राजनको अध्यनमा सघाउन स्वदेश तथा विदेशका बिभीन्न संघ,संस्था ब्यक्तिहरुले सहयोग गरीसकेका छन ।

राजन तमुले आर्थिक समस्याका कारण एस.एल.सी उर्तीण गरेपनी उच्च शिक्षा हासिल गर्न २ बर्ष बन्चित हुन पुगेको थियो ।
पर्बत जिल्लाको भोक्सिंग गाउँको राजनले सञ्चालन हुने डोजर,सेन्सरबाट चल्ने ड्रोन गाड़ी लागायत ६० भन्दा अनौठो सामग्रीहरु निर्माण गरेका छन ।