Latest News

प्रथम तमु कपको उपाधि सोल्टी फुटबल क्लबलाई

‘प्रथम तमु कप २०१७’ फुटबल प्रतियोगिताको उपाधि सोल्टी फुटबल क्लबले हात पारेको छ। आइतबार हङकङको कुनचुङ जोर्डन पार्कमा भएको फाइनल खेलमा सोल्टी फुटबल क्लबले मोना फुटबल क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो।

२५ मिनेटको पहिलो हाफमा सोल्टी क्लबको तर्फबाट पोलनजिकैबाट गरिएको गोल विवादित भइ अस्वीकृत भएपनि पनि दोस्रो हाफमा सोल्टीले लगातार दुई गोल गरेपछि स्थिति सामान्य भएको थियो।

तेस्रो स्थानको प्ले अफ म्याचमा जोर्डन एफसी ले धरान एफसीलाई हराएको थियो।

खेल अवधिभर सोल्टीका दिपेश तामाङले सर्वाधिक ६ गोल गरेका थिए। सोल्टीकै दिवस गुरुङ बेस्ट प्लेयर घोषित भए।त्यसैगरी मोना क्लबका सरोज थापा म्यान अफ द म्याच भए भने आर्सेनिक एफसी फेयर प्ले टोली घोषित भयो।

२४ टोली ८ समूहमा सहभागी भएको प्रतियोगिता सिक्स–ए–साइड नक आउट फर्म्याटमा खेलाइएको थियो। आयोजक नेपाल प्रदेश नम्बर एक गुरुङ समाजका अध्यक्ष हेम प्रताप गुरुङले प्रथम र दोश्रो स्थान हासिल गरेका टोलीलाई क्रमशः ३० हजार र १५ हजार हङकङ डलरको नगद चेक हस्तान्तरण गरेका थिए। यसका अतिरिक्त ट्रफी, मेडल समेत प्रदान गरिएको थियो।

सहभागी प्रतिटोली २ हजार हङकङ डलर प्रवेश शुल्क तोकिएको थियो। आयोजकले प्रायोजकहरुबाट प्रशस्त रकम हात पारेका थिए। प्रतियोगितामा दुई महिला टोली समेत समावेश थियो भने मनोरञ्जनको लागि फाइनल खेल सुरु हुनुभन्दा अगाडि नृत्य प्रस्तुत गरिएको थियो।

यो प्रतियोगितालाई वार्षिक रुपमा निरन्तरता दिने अध्यक्ष गुरुङले बताएका छन्।

साभार : नेपालखबर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*