Latest News

फूलवारी तमु समाज तथा विश्वशान्ति बौद्ध गुम्बाको रजत जयन्ती वर्ष कार्यक्रम सम्पन्न

हुम तमु
पोखरा, ११ फागुन
पोखरा ११ स्थित फूलवारी तमु समाज तथा विश्व शान्ति बौद्ध गुम्बा बुधवारदेखि २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती वर्ष कार्यक्रम सम्पन्न गरेको छ ।


फूलवारी तमु समाज घर तथा विश्व शान्ति बौद्ध गुम्बामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले रजत जयन्ती वर्षको केक काटेर र विशेष अतिथि तमु धिं नेपाल द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले दीप प्रज्वलन र लामा गुरुङले मन्त्रोच्चारण गरी रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि कर्म तमुले रजत जयन्ती वर्षको शुभकामना व्यक्त गर्नुृहुदै फूलवारी तमु समाजले २५ वर्षमा धेरै उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले तमु धिं नेपाल निती निर्माण गर्ने व्यवस्थापिकाको भुमिका र समाजका अध्यक्षहरु मन्त्रीको रुपमा कार्यपालिकाको भुमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । फूलवारी तमु समाजले एकता, सामाजिक सेवा, संस्कार सँस्कृतिको संरक्षणका साथै धार्मिक जागरण ल्याएको प्रमुख अतिथि तमुको भनाई थियो । संसारले भगवान मानेको बुद्ध जन्मेको देशमै हामीले बुद्धका दर्शनलाई सम्मान गर्न सक्नुपर्दछ भन्नुहुदै सत्कर्म गर्ने मानिसहरु नै भगवान बन्ने, बुद्धको रुप लिने बताउनुभयो ।


विशेष अतिथि तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले रजत जयन्ती वर्षको शुभकामना व्यक्त गर्नुहुदै फूलवारी तमु समाज ट्होटेंमा लगातार सर्वोत्कृष्ठ बन्दै साँस्कृतिक जागरणको नायक बनेको बताउनुभयो । उहाँले फूलवारी तमु समाज एकता, युवा क्रियाशीलता, सामाजिक सेवा, अधिकारका लागि आन्दोलनको मैदानमा पनि अगुवाको भुमिका खेल्दै आएको भन्दै तमुहरु एक नहुदा अरुले हेप्दै र चेप्दै आउने गर्नेको बताउनुभयो ।
कार्यक्रममा फूलबारी तमु समाजका पुर्व अध्यक्षहरु जंगबहादुर तमुले समाज र गुम्बा नङ मासुको रुपमा रहेकाले फूलवारी तमु समाजका प्रगति हुदै गएको बताउनुहुदै बुद्ध धर्ममा युवा तथा बालबालिका लाई पनि आवद्ध गराउनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष ह.तिलबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रम पुर्व अध्यक्षहरु यामबहादुर तमु, दुर्गाबहादुर तमु, संस्थापक कोषाध्यक्ष लालकुमारी तमु, गुम्बाका अध्यक्ष रनधोज तमु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका विभिन्न सहयोगीहरुलाई प्रमुख अतिथी कर्म तमुले खादा लगाएर सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा पुर्व अध्यक्ष जंगबहादुर तमु, पुर्व कोषाध्यक्ष लालकुमारी तमु, शान्ति तमु, विष्णु तमु, पहलमान तमु, बुद्धिकुमारी तमु, इन्द्रकुमारी तमु, प्रेमकुमारी तमु, ओमप्रकास तमु लगायत रहनुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष बनबहादुर तमुले स्वागत र राजबहादुर तमुले कार्यक्रम संचालन गर्नुभएको थियो ।
रजत जयन्ती बर्षको अवसरमा गुम्बामा पुजा समेत सम्पन्न गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*