Latest News

बेलायतमा तमु चलचीत्र मारय-टको प्रिमीयर शो सम्पन्न

अल्डरसट । गत शनिबारको दिनमा एम्पायर हल अल्डरशोटमा मुक्तीमनोज फिल्म प्रोडकशन प्रालीको ब्यानरमा निर्माण भएको मौलीक तमु भाषा,संस्कार र् सँस्कृतिमा आधारीत तमु चलचीत्र मारय-टको भब्य रुपमा प्रिमियर शो सम्पन्न भएको छ ।


तमु प्ये ल्हु संघ यूकेले निर्माण गर्न लागेको सामुदायीक भवन तथा क्होइबो निर्माण योजनाको सहयोगार्थ प्रदशन गरीएको उक्त प्रिमियर च्यारीटी शोको ब्यवस्थापन समयोजक तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम त्होजै तमु र पूर्व सचिब भेग च्हाक्ली तमुले गरेका थिए भने टिकट बिक्री तथा स्वयमसेवक व्यवस्थापन तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष बुद्धी क्रोम्छे तमुले गरेका थिए ।उक्त शो मा छोटो औपचारिक कार्यक्रमको क्रममा बोल्दै तमु चलचीत्र निर्माता,कथाकार एवम गितकार एकेन्द्र तमु,तमु धी यूकेका अध्यक्ष ज्ञाम तमु र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मे.खुसीमान ल्हेगे तमु एमभीअोले चलचीत्रको सफलताको लागि शुभकामना दिएकै थिए ।


भने सोम त्होजै तमुले प्रिमीयर च्यारीटी शोको लागि प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण लगायत मारय-ट हेर्न आएका दर्शक तथा शुभचीन्तकहरुलाई धन्यवाद तथा आभार ब्यक्त गरेका थिए । त्यसैगरी भेग च्हाक्ली तमुले बेलायतमा सामुदायिक भवन तथा क्होइबो निर्माण सहयोगार्थ चलचीत्र उपलब्ध गराई सहयोग गरेकोमा मारय-ट चलचीत्र निर्माताहरु र सम्पूर्ण युनिटप्रती आभार सहीत कृतज्ञता प्रकट गरेका थिए । उक्त चलचीत्र अत्याधीक राम्रो रहेको दर्शक प्रतिकृया भनाइ थियो ।

स्रोत = एभरेष्टटाइम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*