Latest News

बैदेशिक रोजगार एवम आवासमा गएका सि. उ. मा. बि. का भू . पू . विद्यार्थीहरुद्वारा आइ. सी. टि. भवन निर्माण

रिता गुरुङ

” तमु मै ता ”

आवश्यकतामा पनि महत्वपूर्ण आवश्यकतालाई छनौट गरी बैदेशिक रोजगारमा गएका भू . पू . विद्यार्थीहरुले आइ . सी . टि . भवन निर्माण कार्य शुरु गरेका छन् | आफुहरु पढेको स्कुलमा केही सहयोग गरौ भन्ने भावना लिई बेलायतमा रहनु भएका प्रेम गुरुङज्युले आफ्नो साथीहरु संग सल्लाह गरी र विभिन्न देशमा रहेका साथीहरुलाई सम्पर्क गरी श्री सिद्दार्थ उच्च मा . बि . मा केही सहयोग गरौ भनि सल्लाह गरे | साथीहरुले पनि आफ्नो पुरानो स्कुलमा सहयोग गर्न पाउदा खुशी साथ वहाँको प्रस्तावलाई स्वीकार गर्नुभयो | सबैजनाले मिलेर के सहयोग गर्ने बिषयमा छलफल गर्दा बिद्यालयमा आइ . सी . टि . भवन निर्माण गर्ने निर्णय गरी हाल भवन निर्माण कार्य शुरु गरिएको छ | निर्माण कार्य अहिले सम्म ८०% काम पुरा बैसकेको छ | बैदेशिक रोजगारमा रहनु भएका मुख्य
संयोजकहरुको नामावली यसप्रकार छन् |
१ – श्री प्रेम बहादुर गुरुङ टोर्के ( बेलायत )
२ – श्री शिव चन्द्र गुरुङ देउराली ( बेलायत )
३ – श्री योगेश गुरुङ भुम्दी ( बेलायत )
४ – श्री युराज गुरुङ लौस्वरा ( बेलायत )
५ – श्री गम बहादुर गुरुङ कल्लेरी ( बेलायत )
६ – श्री रामकाजी गुरुङ उल्लेरी ( मकाउ )
७ – श्री हरि कुमार गुरुङ (गोरा ) सिरस्वारा ( मकाउ )
८ – श्री आई बहादुर गुरुङ टोर्के ( हंगकंग )
९ – श्री मिम काजी गुरुङ कुडुले ( हंगकंग )
१० – श्री सुरज गुरुङ सिरस्वारा ( दुबई )
११ – श्री जय बहादुर गुरुङ बाख्रे  (दुबई )
१२ – श्री जित बहादुर गुरुङ कुडुले ( अमेरिका )
१३ – श्री हरि प्रसाद गुरुङ (भाई काजी ) कुडुले ( सिंगापुर )
यसै गरी आइ . सी . टि . भवन निर्माणकार्यमा १३ जना संयोजकको साथ साथै संयोजककै सरह सक्रिय भएर सहयोग गर्नुहुने शुभचिन्तकहरु यसप्रकार छन् |
१ – श्री रामेन्द्र गुरुङ आक्राङ ( मकाउ )
२ – श्री चित्र बहादुर गुरुङ उल्लेरी ( हंगकंग )
३ – श्री हरि गुरुङ कर्मीडांडा ( बेलायत )
आइ . सी . टि . भवन निर्माण को लागी निर्माण कार्य समिति गठन गरिएको छ | सो समितिको नामावली यसप्रकार छ |
१ – संयोजक – श्री यम बहादुर रानाभाट ( संस्थापक प्रध्यानापक )
२ – सचिब – श्री मनोज कुमार भट्टराई ( बर्तमान प्रध्यानापक )
३ – कोषाध्यक्ष – श्री खेम बहादुर गुरुङ
४ – सदस्य – श्रीमती दुर्गा कुमारी गुरुङ (शिक्षिका )
५ – सदस्य – श्री शेर बहादुर गुरुङ
६ – सदस्य – श्री पुष्पा बहादुर गुरुङ
७ – सदस्य – श्री ठाकुर प्रसाद गुरुङ
यस आइ . सी . टि . भवन निर्माण को लागी कुल खर्च रू २७ लाख लाग्ने बताउनुभएको छ भने अहिले सम्म रू २५ लाख आइसकेको र बाँकी अपुग रकम पठाइदिने हुन्छ भन्ने जानकारी निर्माण समितिले बताउनु भएको छ |

समितिमा रहनुभएका कार्यसमितिका पदाधिकारीहरुले पनि दिनरात नभनी भवन निर्माण कार्यमा सहमति जनाउनु भएको छ |
अहिले पढिरहेको बिद्यार्थीहरुले राम्रो शिक्षा पाउन भन्ने भू . पू . बिद्यार्थीहरुको चाहना रहेको छ |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*