Latest News

भँगरा स्वास्थ्य चौकीलाई कोरियाबाट सहयोग

हुम तमु
पोखरा, २० जेठ
पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं. ९ भँगरास्थित भँगरा स्वास्थ्य चौकीलाई दक्षिण कोरियामा कार्यरत भँगरा सम्पर्क समितिले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भँगरा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा भँगरा सम्पर्क समिति दक्षिण कोरिया २०१७ द्धारा स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रका लागि सहयोग पठाइएको प्रसुति बेड, अटोक्ल्याभ र रुम वार्मर सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक हुमबहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषद सदस्य फक्तबहादुर गुरुङ, समाजसेवी धनप्रसाद गुरुङ लगायत सहयोगदाताका अभिभावकहरुले स्वास्थ्य चौकीका अध्यक्ष तथा नवनिर्वाचित फलेवास नगरपालिका वडा नं. ९ का अध्यक्ष गंगाप्रसाद शर्मा, चौकी इञ्चार्ज मनोजकुमार कुँवर, अनमी निशा सुवेदी लगायतलाई हस्तान्तरण गर्नुभएको हो । करिब ९० हजार बराबरको स्वास्थ्य सामग्री भँगरा सम्पर्क समिति दक्षिण कोरियाको तर्फबाट सहयोग गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुदै सम्पर्क समितिका सल्लाहकार तथा संरक्षक हुमबहादुर गुरुङले गाँउको सेवा, सुविधा र विकासका लागि भँगरा सम्पर्क समिति दक्षिण कोरियाले प्रदान गरेको सहयोग उदाहरणीय भएको बताउनुहुदै सहयोगीहरुलाई धन्यवाद प्रकटका साथै स्वाथ्य चौकीले सामग्रीको पुर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य चौकीका अध्यक्ष तथा फलेवास नगरपालिका वडा नं. ९ का नवनिर्वाचित वडा अध्यक्ष गंगाप्रसाद शर्माले विदेशमा रहेर गाँउका सेवाका लागि प्रदान गरेको सहयोग सामग्रीमा माकुराको जालो नलागोस भन्नुहुदै भँगराको हरेक चुनौतीहरुलाई अवसरमा परिणत गर्न सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।
सहयोगदाताहरुको अभिभावकको तर्फबाट लक्ष्मीप्रसाद गौतम, गोपाल नेपाल, डिल्लीप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुहुदै आफ्नो छोराहरुले समाजका लागि सहयोग गरेको हर्ष व्यक्त गर्नुभएको थियो । यसरी नै चौकीका इञ्चार्ज मनोजकुमार कुँवर र जितबहादुर पौडेलले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम स्वास्थ्य चौकीका अध्यक्ष गंगाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भँगरा स्वास्थ्य चौकीस्थित प्रसुति केन्द्रका लागि हस्तान्तरण गरिएका सामग्रीका लागि दक्षिण कोरियामा कार्यरत भँगरा सम्पर्क समितिको पहलमा समितिका अध्यक्ष सन्तोषकुमार गुरुङ, उपाध्यक्ष अर्जुन रिजाल क्षेत्री, सचिव नवराज सुवेदी, कोषाध्यक्ष रविन क्षेत्री, कार्यसमिति सदस्यहरु प्रकाश अधिकारी, ऋसब गौतम, सुवास सुवेदी, सञ्जीव गुरुङ, साधारण सदस्यद्धय राजन क्षेत्री,सञ्जय थापा अमृत, शुभेच्छुक हेमकुमार निरौला र भँगरा कल्याणकारी कोष कोरियाको सहयोग रहेको अध्यक्ष सन्तोषकुमार गुरुङले जानकारी दिनुभयो ।