Latest News

भुजुङ गाउँको घाँटु सिडी विमोचन

रोशनी गुरुङ÷पोखरा, १० पुस
लमजुङको भुजुङ गाउँमा रहेको लाली गुराँस युवा क्लवको आयोजनामा निर्माण गरिएको घाँटु सिडी विमोचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
शनिबार पोखरा १३ भद्रकालीमा रहेको भुजुङ युम्पो तमु समाजको हलमा एक विशेष कार्यक्रमका बीच गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सो घाँटु सिडी र १२औं लाली गुराँस खुल्ला गोल्डकपको सिडी विमोचन गर्नु भएको हो ।
सो अवसरमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि वेदबहादुर गुरुङ (श्याम)ले गुरुङ बस्तीबाट पूर्णरुपमा लोप भईसकेको घाँटु नाँचलाई भुजुङबासीले संरक्षण गरेको भन्दै यसको उचित संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । भुजुङ गाउँमा धेरै विशेषता रहेको भन्दै ति विशेषता मध्ये घाँटु पनि एक रहेको बताउनुभयो । उहाँले भुजुङ गाउँको घाँटु गुरुङ संस्कृति र घाँटुको बारेमा अध्ययन, अनुसन्धान तथा शोधपत्र तयार गर्ने विद्यार्थीहरुका लागि अध्ययन गर्ने प्राकृतिक पाठशाला रहेको बताउनु भयो । कार्यक्रममा भुजुङ युम्पो तमु समाज पोखराका अध्यक्ष रामचन्द्र गुरुङले गाउँको संस्कृति जर्गेण गर्नकालागि युवाहरुले गरेको प्रयासको प्रसंशा गर्नुभयो ।
कार्यक्रममा भुजुङ गा.वि.स.का सचिव हरिकृष्ण आचार्य, अन्नपूर्ण संरक्षण क्षेत्रय आयोजना भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ता, जिफानका प्रथम उपाध्यक्ष राजेश गुरुङ, ह्वाईट लोटस स्टुडियोका प्रबन्धक युगबहादुर गुरुङ, भुजुङ युम्पो तमु समाज पोखराका पुर्व अध्यक्ष सु.आसवीर गुरुङ, लाली गुराँस युवा क्लवबका संस्थापक अध्यक्ष खिमबहादुर गुरुङ, तमु संसार त्रैमासिकका सम्पादक रोशनी गुरुङ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा सिडी निर्माणमा विभिन्न पक्षबाट सहयोग गर्ने कलाकार प्राविधिकलाई सम्मान गरिएको थियो । लाली गुराँस युवा क्लबका अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यमबहादुर गुरुङले गर्नुभएको थियो भने कोषाध्यक्ष जमुना गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*