Latest News

भूकम्पपीडित बालबालिकालाई छात्राबृत्ति

बेसीशहर, कात्र्तिक २१ गते ।
भुकम्पबाट पीडित लमजुङका १० जना बालबालिकालाई पोखरास्थित तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्राबृत्ति प्रदान गरेको छ ।

लमजुङका १० जना भूकम्पपीडित बालबालिकालाई प्रतिष्ठानले बार्षिक ८ हजार रुपैया“का दरले प्रदान गरेको छ । छनौटमा परेका १० जना बालबालिकामध्ये ४ जनालाई यसअघि नै प्रतिष्ठानले छात्राबृत्तिको रकम उलब्ध गराएको छ । बा“की ६ जनालाई शनिबार बेसीसहरका एक कार्यक्रमको आयोजना गरि उपलब्ध गराएको छ । तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति लमजुङको समन्वयमा भएको छात्राबृत्ति वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, प्रतिष्ठानका सदस्य सचिव श्रीजंग गुरुङ लगायतले छात्राबृत्ति रकम र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

लमजुङमा छात्राबृत्ति रकम पाउनेमा लताकुञ्ज मावि सिउरुङका विनित गुरुङ, ग्रामकल्याण आधारभूत विद्यालय घनपोखराकी दुर्गाकुमारी गुरुङ, पाचोक माविका पवन गुरुङ, पाचोक माविकै कुमाया गुरुङ, सिर्जनशील आधारभूत विद्यालय नौथर सा“धीखोलाका सुरेन्द्र गुरुङ र घलेउत्तरकन्या मावि बगुमकी डिलमाया गुरुङ रहेका छन् । यी ६ जनालाई शनिबार छात्राबृत्ति वितरण गरिएको प्रतिष्ठानका मनीराज गुरुङले जानकारी दिनुभयो ।

यसअघि प्रतिष्ठानका प्रतिनिधि, इलमपोखरी ७ स्थित बाघभैरभ आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केबी गुरुङमार्फत कल्लाबारी मावि दूधपोखरीका रमेश गुरुङ, हिमालय आधारभूत विद्यालय भुल्मीचोक बिचौरकी सुविन्दा घले, सानोकाभ्रे मावि इलमपोखरीका विकास गुरुङ र हिमालय मावि कोल्कीकी शान्ति गुरुङलाई छात्राबृत्ति रकम र प्रमाणपत्र वितरण गरिएको छ । उनीहरुले कक्षा ८ देखि १० सम्म पढ्नको लागि बार्षीक ८ हजार रुपैया“ पाउने प्रतिष्ठानले जनाएको छ ।  प्रतिष्ठानले गोरखाका ११ र रोल्पाका २ जना विद्यार्थीलाई पनि छात्राबृत्ति प्रदान गरेको छ ।

न्यू इरा बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा स्कुलका प्रिन्सीपल ओम कायस्थले भूकम्पपीडित जेहेन्दार विद्यार्थी भएमा नर्सरीदेखि ५ जना विद्यार्थीलाई निःशुल्क पढाइदिने घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान र प्रतिष्ठानले गर्दै आएको कार्यक्रमबारे प्रतिष्ठानका भेष गुरुङले जानकारी गराउनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तमु प्ये ल्हु संघ जिल्ला कार्य समितिका सचिव मनमाया गुरुङले गर्नुभएको थियो ।

साभार : नेपालीपत्र डट् कम्
फोटो : मणी गुरुङ  tspn-3tspn-8 tspn-7 tspn-6 tspn-5