Latest News

भोजे गाउँको चीनारी गीतको म्यूजिक भीडियो र डकुमेन्ट्री बिमोचन

पूनम तमु, तमुमैं ता डटकम
पोखरा, १६ माघ
लमजुङ् जिल्ला भोजे गा. वी. स. वडा नं   ४  र ५  भोजे गाउँको चीनारी गीतको म्यूजिक भीडियो तथा  डकुमेन्ट्री  बीमोचन पोखरा – १२  माटेपानी स्थित हिमाली तमु  समाजमा एक कार्यक्रम बिच समपन्न भएको छ ।
भोजे समाज पोखराको आयोजनामा भएको कार्यक्रममा च्हय ल्होसार/ल्होछारको शुभ अवसरमा रिच्हमी स्योकै कार्यक्रम पनी राखिएको थियो । कार्यक्रममा भोजे गाउँबाट वयोबृद्ध,बाबाआमा,युवायुवती लगायत,पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत यम ब.तमुले दीप प्रजलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीले  आफ्नो मन्तब्य राख्नुहुदै आफ्नो  गाउँघरको स्थिति पहीरोले गर्दा अली ठीक नभएको,सरकारी र गैरसरकारीहरुबाट सहयोग समयमा नै नपुगेको हुदा गाउँको तल पहिरो बढदै गएको कारणले एक मनले दुखी लागेको तर भोजे गाउँको म्युजीक भिडियो र डकुमेन्ट्रीले पछील्लो सन्तानहरुलाई  यो काम ठीक हुन्छ  भंन्ने सोच लिएर गरेको हुदा यो काम सफल भएको देख्दा एक मनले धेरै खुसी लागेको ब्यक्त गर्नुभएको थियो ।

गाउँको चीनारी गितको म्यूजिक भिडियो निर्माण गर्नुभएका प्रबिधीकहरुलाई मायाको चीनो साथै प्रमाण पत्र प्रदान गरीएको थियो । साथै गाउँको संरक्षण र विकासको कार्यमा पुराउनुभएको महत्वपूर्ण सहयोगी तथा  कलाकारहरुलाई प्रमाण पत्र बितरण गरीएको  थियो भने वयोबृद्ध  बिष्णुमाया तमुलाई दोसल्ला  र सम्मान पत्रले सम्मान  गरीएको थियो ।

भोजे गाउँका अध्यक्ष पूर्ण ब. तमुले मन्तब्य राख्दै म्यूजिक भिडियो र  डकुमेन्ट्री हामिले सोचेको जस्तो बनेको हुदा गाउँबासी सबै खुसी रहेको र आगामी दिनहरुमा पनी आफुले सकेको पहल गर्ने बताउनुभयो । कार्यक्रममा बन उपभोक्ता समीतीका अध्यक्ष कुम  बहादुर तमु, शुभ मिलन युवा क्लबका सुमन  तमु,ह्वाइट लोटस स्टूडियो तथा तमुमैं ता का संचालक युग तमु लगायतका ब्यक्तितोहरुले मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा भोजे गाउँका बारेमा निर्माण गरिएको डकुमेंनट्री र म्यूजिक भिडियोको  वयोबृद्ध बिष्णुमाया तमुले  प्ले गरी उद्घाटन गर्नुभएको थियो भने कलाकारहरुद्वारा बिभींन्न सास्कृतिक प्रस्तुतीहरु देखाईएको थियो ।

भोजे गाउँको चीनारी म्यूजिक भिडियो र डकुमेंन्ट्रीमा शब्द तथा परीकल्पना चलचित्रकर्मी प्रतिमा तमुको रहेको छ । यस्तै संगीत धन ब. र शान्ति तमुको रहेको छ । गीतमा मुख्य भूमिका आश बहादुर र शान्ति तमुको रहेको छ भने नूत्य निर्देशक जसु तमु, छायाङ्कन रन्जित र गंगा तमु तथा संपादक प्रबीन नेपाली को रहेको छ र पोस्ट प्रोडक्शन ह्वाइट लोटस स्टूडियोको रहेको छ ।

यसैबीच भोजे गाउँको चीनारी म्यूजिक भीडियो र डकुमेंनट्री निर्माण गरी प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुराएको भन्दै भोजे गाउँको स्थानिय वासिन्दा समेत रहनुभएका गीतका शब्द तथा परीकल्पनाकार प्रतिमा तमुलाई वडा नं  ४ र ५ मा रहेको शुभ मिलन युबा क्लब,प्रगतिशिल आमा समूह र बाबा समूह तथा भोजे समाज पोखराले सामूहिक रुपमा नगद रु. २० हजार सहित दोसल्ला ओढाएर सम्मान गरीएको  थियो ।

भोजे समाज पोखराका अध्यक्ष पूर्ण ब.तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन गीतका लेखक प्रतिमा तमुले र भोजे गाउँका रीता तमुले स्वागत गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*