Latest News

मनको बाबरी फिल्मको भिआईपी शो सम्पन्न

पुनम तमु

तमुमै ता डटकम

पोखरा असार,३ शनिबार

माओत्से गुरुङ फिल्मस् प्रा. लि को ब्यानरमा निर्मित चलचित्र “मनको बाबरी” फिल्म असार ३ गते पोखराको रामबजार-१५ भबरकोट पार्टी प्यालेसमा भिआईपी प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि मादी गाउँपालिकाका प्रमुख तथा गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष बेद बहादुर गुरुङ(श्याम) ले प्रोजेक्ट अँन गरि उद्घाटन गर्नुभएको थियो भने कलाकारहरुलाई सम्मान गरिएको थियो ।

जसमा दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो ।

गुरुङ रहनसहनमा आधारित नेपाली भाषाको चलचित्रमा नेपाली समाजमा रहेको रुढिबादी संस्कारका कारण महिलाले भोग्ने गरेको पिडालाई  देखाएको छ । जसमा औशिको दिनमा जन्मेका छोराचेलीको बिबाह गर्न गाह्रो हुने र केहि गरि बिबाह भैइहालेपनी उनी पुगेको घरमा अशुभ हुन्छ भन्ने नेपाली समाजमा रहेको गलत धारणा तोड्नुपर्ने संदेश “मनको बाबरी” चलचित्रले दिएको छ ।चलचित्र स्याङ्जाको पेलकाचैार सेरोफेरो र कास्कीका विभिन्न ठाउँहरुमा छायांकन गरिएको हो । “मनको बाबरी” चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले तमु चलचित्रबाटै सुरुवात गरि बिस्तारै आम नेपालीहरुको परिवेशलाई समेटिएर देखाउँने कोशिस गरेको हुँदा सम्पूर्ण दर्शकहरुको प्रतिक्रियाबाट अझ आगाडी बढ्ने बताउनुभयो ।

नायक गमन घलेले “मनको बाबरी” चलचित्र अन्य चलचित्र भन्दा फरक बनेकोमा सम्पूर्ण गुरुङ लगायत गैर गुरुङहरुलाई चलचित्र हेर्न आग्रह गर्नुभएको थियो ।

चलचित्रका नायिका एन्सर्ज तमुले फिल्म खेल्न अफ्नो इच्छा भएको साथसाथै “मनको बाबरी” चलचित्रमा सबैको टिमवोर्कमा काम गर्न सजिलो भएको र आगामी दिनहरुमा पनि चलचित्रमा अभिनय गर्ने योजना रहेको बताउनुभयो ।चलचित्रलाई हेमन्त गुरुङ र एन्सर्ज गुरुङले लगानी गर्नुभएको छ । चलचित्रमा गमन घले र एन्सर्ज गुरुङको मुख्य भूमिका छ । त्यस्तै राजु गुरुङ, बिनु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, राजेन्द्र थापा, धनु गुरुङ सूर्य सुनुवार, सोनी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । गीतको शब्द / संगीत कृष्ण गुरुङ र स्वर रोशनी गुरुङको छ भने छायांकन राजन पुवर र सम्पादन हरि लामा घले को छ भने नृत्य निर्देशन लब्सन गुरुङ को रहेको छ । चलचित्रको प्रदर्शनी असार १० गते पोखरा उधोग बाणिज्य हल गैरह्पाटनमा र असार २३ गते रास्टि््य नाचघर काठ्माडैामा हुने लगतै नेपालको बिभिन्न ठाउँमा प्रदर्शनपछि बिदेशमा समेत प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*