Latest News

मालिङको गाउँ चिनारी गित सार्बजनिक ।

पोखरा १३ जेष्ठ ।

लमजुङ जिल्लाको क्होला सोँथर गाउँपालिका वडा नम्बर २ स्थित मालिङको गाउँ चिनारी गितको म्युजिक भिडियो आज पोखरामा एक कार्यक्रम बिच सार्बजनिक गरेको छ । गौमती मालिङ्ग तमु समाजद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो कोन्मे इन्टरटेन्ट्मेन्टको ब्यानरमा बनेको हो । रसिला गुरुङको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकन तथा सम्पादन सन्तोष कोन्मेले गरेका हुन् । आधुनिक प्रबिधीको प्रयोग गरी छायांकन गरिएको हुँदा भिडियो राम्रो भएको कुरा सन्तोष कोन्मेले बताउनु भयो। भिडियोमा ड्रोनबाट हवाई दृश्यपनि कैद गरेको कुरा कोन्मेले बताउनु भयो। स्थानीय कलाकारहरु पुनम गुरुङ र मनिषा गुरुङको अभिनय रहेको उक्त गितमा रज्नी रिदम राईको स्वर रहेको छ भने संगीत रोशन गुरुङले दिएको छ । रोशन गुरुङ र गोबिन्द गुरुङको संयुक्त रचना रहेको उक्त गितको अडियो र भिडियो बनाउदा सम्म करिब ६ लाख खर्च भएको कुरा समाजका अध्यक्ष श्री गंगा प्रसाद गुरुङले बताउनु भयो । गुरुङले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा गाउँ चिनाई गाउँमा पर्यटन बिकास गर्न टेवा पुग्ने कुरा बताउनु भयो । समाजसेबी ओम बहादुर गुरुङको प्रमुख अतिथ्यतामा अन्नपूर्ण तमु समाजमा आयोजना गरिएको उक्त कार्यक्रममा मालिङ गाउँ कै स्थानीय कलाकारहरु बाट नृत्य प्रस्तुत गरेका थिए ।

साभार : मेन समाचार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*