Latest News

मीना गुरुङलाई पोखरामा भव्य सम्मान

पोखरा, ८ असोज

महिला उद्यमी तथा सञ्चारकर्मी मीना गुरुङलाई शनिबार पोखरामा भव्यरुपमा सम्मान
गरिएको छ ।
लामो समयदेखि व्युटिशियन क्षेत्रमा आवद्ध उनलाई महिला सशक्तिकरणमा सहयोग
पु¥याएकोमा सेभेन हर्ट इन्टरटेनमेन्ट भ्याली स्टार सिजन टुको अवसरमा सम्मान
गरिएको हो ।
पोखरा उद्योग वाणिज्य संघमा भएको समारोहमा प्रमुख अतिथि पूर्व स्वास्थ्य
मन्त्री खगराज अधिकारी, संस्थाका सञ्चालक लक्ष्मण छन्त्याल लगायतले फूलमाला,
दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
हङकङ व्युटि इन्स्टिच्युट प्रालि महेन्द्रपुलकी सञ्चालक गुरुङ जिफन्ट
गण्डकी–धौलागिरीकी अध्यक्षसमेत हुन् । तमु संचारकर्मी संघकी केन्द्रीय अध्यक्ष
उनी पत्रकार महासंघ कास्कीकी कार्यसमिति सदस्य हुन् । महिलाहरुलाई लामो
समयदेखि व्युटिसियन तालिम दिँदै उनले महिला सशक्तिकरणमा सहयोग गर्दैआएकी
छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*