Latest News

मेजर लक्ष्मीप्रसाद गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि

हुम तमु
पोखरा, १४ साउन
पोखरा १४ मझेरी पाटनस्थित हिमालय गल्फ क्लवमा भएको यस महिनाको गल्फको मन्थ्ली मेडल प्रतियोगिताको उपाधी मेजर लक्ष्मीप्रसाद गुरुङ जित्नुभएको छ ।
मेजर गुरुङले गत महिनाको विजेता बसन्त गौचनलाई २ अंकले पछाडि पार्दै उपाधि हात पार्नुभएको हो ।
स्टाबल फुल ह्याण्डिक्यापको आधारमा खेलाइएको प्रतियोगितामा गुरुङले ३४ अंक प्राप्त गरी उपाधि र बसन्त गौचनले ३२ अंक प्राप्त गरी दोश्रो स्थानमा चित्त बुझाउनु परेको हो । यसरी नै प्रतियोगितामा नयाँ सदस्य क्याप्टेन महेन्द्र फगामीले २७ अंक प्राप्त गरी तेश्रो हुनुभयो । यस महिनाको प्रतियोगितामो १२ जना गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए ।
विजयी गल्फरहरुलाई हिमालय गल्फ क्लवका मेनेजर भुवन गुरुङले ट्रफी प्रदान गर्नुभएको थियो । गल्फ खेलको विकासका लागि हिमालय गल्फ क्लवले मन्थ्ली मेडल प्रतियोगिता संचालन गर्दै आइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*