Latest News

राङभाङ ज्यामिरेका १९ जना जेष्ठ नागरिक सम्मानित

हुम तमु, पोखरा, २ कार्तिक

स्याङ्जा राङभाङ ज्यामिरे गाँउका १९ जना जेष्ठ नागरिक सम्मानित हुनु भएको छ ।

राङभाङ गाविस, वडा नं. १ ज्यामिरेस्थित कन्यादेवी संरक्षण समितिले असोज ३० गते ज्यामिरे गाउँमा र कार्तिक २ गते पोखरामा दुई स्थानमा कार्यक्रम आयोजना गरी ८० वर्ष भन्दा बढी उमेरका ज्यामिरेका १९ जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो ।

ज्यामिरे गाँउमा आयोजित कार्यक्रममा ९९ वर्षकी सिरकला तमु सहितको १२ जना जेष्ठ नागरिकलाई कोल्माबहाकोट तमु समाज पोखराका अध्यक्ष समेत रहनु भएका कन्यादेवी संरक्षण समितिका अध्यक्ष क्याप्टेन बीरबहादुर तमु, समितिका उपाध्यक्ष रामप्रसाद तमु र बुद्धिमाया तमुले दोसल्ला, खादा र मालाले सम्मान गर्नुभएको हो ।

अध्यक्ष क्या.वीरबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, निवर्तमान वडा अध्यक्ष सुकबहादुर तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने समितिका सचिव भक्तबहादुर तमुले

कार्यक्रम संचालन गर्नुभएको थियो ।

brda

यसरी नै पोखरामा मंगलवार आयोजित कार्यक्रममा पोखरामा बसोवास गर्नुहुने ज्यामिरेका ९१ वर्षका डब्लु ओ टु समबहादुर तमु सहितको ७ जना लाई कोल्माबहाकोट तमु समाज पोखराका अध्यक्ष समेत रहनु भएका कन्यादेवी संरक्षण समितिका अध्यक्ष क्याप्टेन बीरबहादुर तमु, समितिका उपाध्यक्ष रामप्रसाद तमु र मनसुवा तमुले दोसल्ला, खादा र बुकेद्धारा सम्मान गरिएको थियो ।

अध्यक्ष क्या.बीरबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै जिवित भगवानहरुको सम्मान गर्न पाउनु भाग्य नै हो भन्नुहुदै कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो भने सञ्चालन समितिका अशोक कुमार तमुले गर्नुभएको थियो ।

कन्यादेवी संरक्षण समितिको अभियान, जेष्ठ नागरिकको सम्मान मुल उद्घोषका साथ आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा ९९ वर्षीया सिरकला तमु, रामप्रसाद तमु(९५), डब्लु ओ टु समबहादुर तमु(९१), सु.टेकबहादुर तमु(९०), क्या.कुलबहादुर तमु(८९), भक्तबहादुर तमु(८८), मिरु तमु(८७), दिलबहादुर तमु(८६), मेखबहादुर तमु(८६), तिलबहादुर तमु(८६), च्याङ्ग्री तमु(८५), चन्द्रसुवा तमु(८५), दुरपति तमु(८५), लालसुवा तमु(८३), पार्वती तमु(८२), लालु तमु(८२), तिलबहादुर तमु(८२), डिलकाउरी तमु र अविहिता मनमाया तमु(७२) रहनु भएको छ ।